त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगलागी भएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षको प्रतीक्षा हलसँगैको कफी शपबाट आगलागी शुरू भएको र त्यो हलसम्म फैलिएको विमानस्थलस्थित प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल शाहले देखापढीलाई बताए।

अहिले आगो लगभग नियन्त्रणमा आइसकेको र सबै यात्रुलाई सकुशल उद्धार गरिएको उनले बताए।

एसएसपी शाहले कपी शपको बिजुली शर्ट भएर आगो लागेको उल्लेख गर्दै भने, “हामी नियन्त्रणको प्रयासमै छौं, लगभग आगो नियन्त्रणमा आइसक्यो।”

आगलागीको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्