क्यानले खेलाडीलाई चार समूहमा वर्गीकरण गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई चार समूहमा वर्र्गीकरण गरी ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा राख्ने भएको छ।

आज काठमाडौंमा बसेको क्यान केन्द्रीय कार्यसमिति बैठकले सिनियर राष्ट्रिय क्रिकेट टीममा पुरुषतर्फ २४ खेलाडीलाई ‘ए प्लस’, ‘ए’, ‘बी’ र ‘सी’ गरी चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको हो।

त्यस्तै महिलातर्फ १८ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन समूहमा वर्गीकरण गर्ने क्यानले जनाएको छ।

क्यानले ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा समावेश गर्न ‘प्रस्तावना तयार गरी संघलाई पेश गर्न कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य अमितवीर पाण्डे र दुर्गाराज पाठक रहेको समिति गठन गरेको छ।

क्यानले २०२० जनवरीबाट लागू हुने गरी राष्ट्रिय पुरुष टीमले एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा खेडालीलाई प्रतिखेल पाँच हजार ‘म्याच फी’ दिने निर्णय गरेको छ।

त्यस्तै चैत तेस्रो सातादेखि सिनियर पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्