बंगलादेशका सेना प्रमुखको राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौं। बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

पाँचदिने औपचारिक भ्रमणमा काठमाडौं आएका अहमदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

त्यस्तै अहमदले आजै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गरेको नेपाली सेनाले जनाएको छ।

२४ माघमा काठमाडौं आएका सेना प्रमुख अहमद २८ माघमा स्वदेश फिर्ता हुनेछन्।

प्रतिक्रिया दिनुहोस्