तालिबानको कब्जामा रहेका १७ व्यक्तिको उद्धार
<p>काबुल। अफगान विशेष सुरक्षा बलको एक टोलीले अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा जारी राखेको एक कारबाहीका क्रममा १७ व्यक्ति मुक्त भएका छन्।</p>
<p>तालिबानी लडाकू समूह लुकेर बसेका एक स्थान लक्षित सो कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरेका १७ व्यक्तिलाई मुक्त गरिएको नायव गभर्नर कुदरतुल्लाह सफीले जानकारी दिए।</p>
<p>स्थानीय समयाअनुसार आज बिहान २ बजेबाट उक्त सुरक्षा कारबाही शुरू भएको सफीले बताए। यस कारबाहीको विषय तालिबानी लडाकू समूहले कुनै पनि टिप्पणी गरेका छैनन्। <em>(रासस/सिन्ह्वा)</em></p>
प्रतिक्रिया दिनुहोस्
