१९ फागुनदेखि ‘कर्णाली उत्सव’
सुर्खेत। कर्णाली चिन्ने र चिनाउने उद्देश्यले १९ फागुनदेखि कर्णाली उत्सव आयोजना हुने भएको छ। आयोजक संस्था ऋति फाउन्डेसनले १९-२१ फागुनसम्म वीरेन्द्रनगरको बुलबुले उद्यानमा उत्सव सञ्चालन गर्ने जनाएको छ।
उत्सवमा तीनवटा मूल शीर्षक समेटिनेछन्। पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याउ’ र तेस्रो दिन ‘मान्ठ जुर्मुराउँछन्’ मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ। ‘मुख्य मान्ठ(मान्छे), मूल कुडा (कुरा)’ अन्तर्गत प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबीच अन्तरप्रदेश सम्बन्धका बारेमा बहस हुनेछ।
फाउन्डेसनका संस्थापक सदस्य दिनेश गौतमले उत्सवमा विभिन्न विधालाई समेटेर ‘कुडा कर्णाली’का नामक कार्यक्रम सञ्चालन गरिने बताए। “संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध मजबुत पार्दै सबै तहका सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो”, उनले भने, “कर्णाली बुझ्ने र बुझ्न चाहनेका लागि उत्सव सन्दर्भ सामग्रीजस्तै हुनेछ।” उत्सवले प्रदेशको सामाजिक, राजनीतिक, आर्थिक विकास तथा कला साहित्य, भाषा–संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
दोस्रो दिन ‘कर्णाली कोट्याउ’ अन्तर्गत ‘कालापहाडका तोडा’ (धनको थैलो), ‘कर्णाली क्यानाम घुमेर हेर्दा’, ‘कर्णालीका कला’, ‘संस्कार र समानता’, ‘दबाई देवता’, ‘भोक र भकारीमा’ शीर्षकमा बहस हुनेछ।
उत्सवको तेस्रो दिन ‘मान्ठा जुर्मुराउँछन्’ अन्तर्गत ‘कसरी बन्छ कर्णाली ?’, ‘साहित्यमा कर्णालीको कथा’, ‘कर्णालीको ११औं जिल्ला (राउटे)’, ‘खस विद्रोह र जागरण’, ‘इतिहास प्रदेश प्राप्ति र विकास’ जस्ता शीर्षकमा बहस हुनेछ ।
उत्सवमा कर्णाली प्रदेशभित्र र बाहिर विभिन्न क्षेत्रमा बहस गरिनेछ। रासस
प्रतिक्रिया दिनुहोस्