सीसीटीभी फुटेज हेर्दैछौं, त्यसपछि मात्रै के भएको हो भन्न सक्छौंः ललितपुर प्रहरी (भिडिओसहित)

काठमाडौं। आज बिहान ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा उनकी पत्‍नी मुना कार्की र कामदार विजय चौधरीको हत्या भएकोबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईले अनुसन्धानपछि मात्रै प्रेसलाई थप बताउन सकिने बताएका छन्।

“अहिले प्रमाण संकलनको काम भइरहेको छ”, उनले भने, “अन्य फरेन्सिक जाँच पनि गरिरहेका छौं। अनुसन्धानपछि मात्रै यो भएको हो भन्न सक्छौं।”

करीब ११ बजेतिर भान्साकोठामा रगतपिच्छे अवस्थामा अचेत फेला परेकी मुनालाई उपचारका लागि अस्पताल लगिए पनि सानेपाकै स्टार अस्पतालले केही समयपछि मृत घोषित गरेको थियो। कामदार चौधरीको शव डाइनिङ टेबलनेर लडेको अवस्थामा भेटिएको थियो।

उनको घाँटीमा डोरी बाँधिएको थियो भने उनको शवमाथि डोरी झुन्डिएको थियो। प्रहरीले चौधरीले आत्महत्या गरेको हुन सक्ने अनुमान गरेको छ। झुन्डिएर आत्महत्या गरेका र त्यसपछि डोरी चुँडिएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीले घटनास्थल देखिने सीसीटीभी फुटेज संकलन गरेको जनाएको छ। “अहिले हाम्रो टोलीले त्यसलाई (सीसीटीभी फुटेज) हेर्दैछ। “अनुसन्धानपछि मात्रै तपाईंहरूलाई केही भन्न सकिएला”, ललितपुर प्रहरी प्रमुख राईले पत्रकारहरूसँग भने।

कार्कीको घरमा तीनवटा सीसीटीभी जडान गरिएको बताइएको छ। प्रहरीले ती सबैका फुटेज संकलन गरेर विश्लेषण गरिरहेको छ।

पढ्नुहोस्

रक्ताम्य अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमतीकाे पनि मृत्यु

प्रतिक्रिया दिनुहोस्