काठमाडौं। ओस्कार अवार्डलाई चलचित्र क्षेत्रकै सबैभन्दा ठूलो सम्मानका रूपमा लिइन्छ। विश्वभरका चलचित्र तथा चलचित्रसँग सम्बन्धित व्यक्तिहरूले यसलाई प्रतिष्ठाको विषय पनि मान्छन्।
ओस्कार अवार्ड जित्नु भनेको आफूलाई सबैभन्दा भाग्यमानी मान्नु पनि हो। यसमा सहभागिताका लागि छनोट हुनु पनि ठूलै कुरा हो।
सन् २०२० को लागि साउथ कोरियन कमेडी फिल्म ‘प्यारासाइट’ ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो। ‘प्यारासाइट’ले ‘जोकर’ ‘द आइरिसम्यान’, ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्याबिट’, ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ लाई पछि पार्दै उत्कृष्ट सिनेमाको अवार्ड जितेको थियो।
क–कसले अवार्ड जित्यो त्यो एकातिरको विषय भयो। हामी अर्को विषयमा चर्चा गर्न गइरहेका छौं। हेरौं रोचक ८ कुराः
१. ओस्कार अवार्डको ९२ वर्षको इतिहासमा पाँच महिलालाई उत्कृष्ट निर्देशक विधाका लागि मनोनीत गरिएको छ। एक महिला निर्देशक क्याथरी बिगेलोवले मात्र ‘द हार्ट लकर’ का लागि ओस्कार जितेकी छिन्।
उत्कृष्ट निर्देशक विधामा यसपटक पनि सबै पुरुष मात्रै देखिएका छन्। ग्रेटा गेर्विग यस वर्ष लिटिल वुमेनका लागि मनोनीत हुने दौडमा थिइन् तर, स्थान बनाउन सकिनन्।
सन् २०१८ मा उनी उत्कृष्ट निर्देशकको विधामा लेडी बर्डका लागि मनोनयनमा परेकी थिइन्। पछिल्लो १२ वर्षदेखि कुनै पनि महिलाले स्क्रिनप्ले अवार्ड जितेका छैनन्।
यस वर्षको उत्कृष्ट निर्देशक मनोनीतको जानकारी दिँदै अभिनेत्री इसारेले बयानमा भनेकी थिइन्, ‘सबै पुरुषलाई शुभकामना।’ त्यसो भए ९२ वर्षमा नयाँ महिला निर्देशक किन सार्वजनिक भएनन् ?
२. बेस्ट सपोर्टिङ नायक विधामा नोमिनेशनको औसत उमेर ७१ वर्ष हो। ५६ वर्षका ब्राड पिट सबैभन्दा युवा हुन्। उनीबाहेक टम हेंक (६३), जो पेस्सी (७६), अल पचिनो (७९) र एन्थोनी होपकिंस (८२) छन्। तर, अभिनेत्रीका लागि मनोनयको औसत उमेर ४० वर्ष हो। हलिउड सधैँ अभिनेताको तुलनामा कम उमेरका अभिनेत्रीलाई महत्त्व दिने गरेको एक अध्ययनले देखाएको छ।
के तपाईंलाई यो सुन्दा अचम्म लागेन ? बलिउडको पनि यस्तै हालत छ। बुढा भइसकेका अभिनेता जवान अभिनेत्रीसँग रोमान्स गरिरहेका देखिन्छन्। कलिउडमा पनि यस्तै अवस्था थियो। तर, पछिल्लो समय युवा अभिनेतासँग भर्खरका अभिनेत्रीले पनि रोमान्स गर्दै आएका छन्।

३. सन् २०१९ सम्म एक मात्र अश्वेत महिलाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। सन् २००२ मा हेली ब्यारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्।
भिनय विधामा सन् २०२० मा सिन्थिया एरिवो एक मात्र अश्वेत अभिनेत्री हुन्, जसलाई उत्कृष्ट नायिकाको लागि मनोनीत गरिएको थियो।
यसवर्ष जसको नोमिनेशन भएको छ तीमध्ये २० मध्ये १९ अभिनेत्री श्वेत छन्।
पछिल्लो १० वर्षमा अभिनय विधामा २०० मनोनीतमध्ये ७ अश्वेत नायिकाले मात्रै ओस्कार जितेका छन्। हालैका वर्षमा #OscarsSoWhite ट्रेन्डमा रहेको छ।
४. जोन विलियम्सलाई स्टार वार्सः द राइज अफ स्काईवाकरमा उनको स्कोरका लागि ५३ औं पटक मनोनयन मिलेको थियो। ८७ वर्षका संगीतकारको नाममा पनि जीवित व्यक्तिले सबैभन्दा धेरैपटक नोमिनेसन पाएको रेकर्ड पनि छ।

५. स्कारलेट जोनसनले यस वर्ष दुई ओस्कार नोमिनेसन पाएकी छिन्। पहिलो म्यारिज स्टोरीमा उत्कृष्ट नायिका र जोजो र्याबिटमा सपोर्टिङ नायिकामा।
उनी यस्ती १२ औं व्यक्ति हुन् जसले एक वर्षमा दुई एक्टिङ नोमिनेसन पाएकी छिन्। मेरिल स्ट्रिपले अहिलेसम्म २१ नोमिनेसन पाएकी छिन्, जसमा उनले तीन पटक अवार्ड जितेकी छिन्।
६. परिवर्तित यो समयमा नेटफ्लिक्सका फिल्मले यस वर्ष २० वर्ष बढी मनोनयन पाएको छ। यसमा म्यारिज स्टोरी, द आइरिश म्यान र द टू पोप्स समावेश छन्।
७. आइलिश कम्पोजर अएमेयर नून ओस्कारमा अर्केस्ट्रा गराउने पहिलो महिला हुनेछिन्।
८. पहिलो पटक निर्देशक जोडीमा आधारित फिल्म अवार्डका लागि आमने सामने भए। निर्देशक ग्रेटा गेर्विङ्ग र नोआह बाउमबशले उत्कृष्ट फिल्मको विधामा एक अर्काविरुद्ध मनोनयन पाएका थिए। सन् २०११ मा डेटिङ सुरु गरेका उनीहरूका एक सन्तान छन्।
बीबीसी हिन्दीबाट