पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत भेटिए

काठमाडौं। ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती आफ्नै निवासमा रक्ताम्य अवस्थामा भेटिएकी छिन्। कामदार मृत फेला परेका छन्।

आज बिहान ११ बजे घटनाको जानकारी आएपछि प्रहरीको टोली त्यसतर्फ पुगेको थियो।

रक्ताम्य अवस्थामा रहेकी कार्कीकी श्रीमतीको उद्धार गरेर स्टार अस्पतालमा पुर्‍याइएको छ।

कार्कीकी श्रीमती मुनाको टाउको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गासिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिइन्।

के कसरी घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन्। कार्की घरबाहिर भएको समयमा घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्