काठमाडौं। अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै सर्वाधिक वर्षा भएको छ। वर्षापछिको बाढीले त्यहाँको जनजीवन प्रभावित भएको छ। हजारौं मानिस घर छाड्न बाध्य भएका छन्।
चार दिनयता सिड्नीमा करीब ४०० मिलिमिटर पानी परेको छ। अस्ट्रेलियाको मौसमसम्बन्धी निकायले त्यहाँ अचानक थप बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। बाढीपछि करीब एक लाख घरमा बिजुली गएको छ।
न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ। करीब साढे २ महीनादेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ। जुन डढेलोले ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरिदिएको थियो।
मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ। न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै डढेलो लागिरहेको थियो।
सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको छ। अस्ट्रेलियाको सबभन्दा धेरै जनसंख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ।
सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन्। त्यहाँको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ।
सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्। दर्जनौँ स्कूल बन्द रहेका छन्। मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ। शहरका तल्ला भू-भागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति तयार रहन भनिएको छ।
सेन्ट्रल सिड्नीमा आज पानी पर्न रोकिएको छ। तर यो साताभरि थप वर्षाको पूर्वानुमान गरिएको छ। बीबीसीबाट
" /> काठमाडौं। अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै सर्वाधिक वर्षा भएको छ। वर्षापछिको बाढीले त्यहाँको जनजीवन प्रभावित भएको छ। हजारौं मानिस घर छाड्न बाध्य भएका छन्।चार दिनयता सिड्नीमा करीब ४०० मिलिमिटर पानी परेको छ। अस्ट्रेलियाको मौसमसम्बन्धी निकायले त्यहाँ अचानक थप बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। बाढीपछि करीब एक लाख घरमा बिजुली गएको छ।

">