लागुऔषधसहित सप्तरीमा एकजना पक्राउ
<p>सप्तरी। भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन्।</p>
<p>सप्तरीको खडक नगरपालिका-५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका-५ रञ्जितपुरका २५ वर्षीय प्रभु चौधरीलाई पक्राउ गरेको हो।</p>
<p>चौधरीको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई बरामद भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
