एपीएफ र नेपाल पुलिस क्लबको सहज जित

काठमाडौं। विभागीय एपीएफ र नेपाल पुलिस क्लबले आज ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार दोस्रो सफलता हासिल गरेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा एपीएफले बुलबुले रारा भलिबल क्लबमाथि २५–१५, २५–१२, २५–१६ को सेटमा विजय हासिल गरेको हो। जितसँगै एपीएफ ११ खेलबाट ३२ अंक जोड्दै शीर्षस्थानमा कायम छ।

यस्तै दोस्रो स्थानको पुलिस क्लबले पनि बुलबुले रारा भलिबल क्लबमाथि २५–१५, २५–१६, २५–१९ को सहज जित निकाल्दै शीर्षस्थानको एपीएफलाई पछ्याइरहेको छ।

जितसँगै पुलिसको ११ खेलबाट ३१ अंक जोेडेको छ। दोहोरो हार बेहोरेको बुलबुले रारा १३ अंकका साथ छैटौं स्थानमा यथावत् छ।

आजै न्यू डायमन्ड स्पोर्ट्स क्लब चितवन टाइग्रेससँग ३–२ ले पराजित भएको छ। न्यू डायमन्डले चितवनलाई २७–२५, २४–२६, १४–२५, २५–१७, ७–१५ को नतिजा सुम्पिएको हो।\

न्यू डायमन्डमाथि विजय हासिल गरेको चितवन त्रिभुवन आर्मीसँग ३–१ को सेटमा हार्‍यो। चितवन २१–२५, २५–२७, २७–२५, २५–१६ ले पराजित भएको हो।

न्यू डायमन्ड १० खेलबाट १९ अंक जोडेर चौथो स्थानमा कायम छ। चितवनको १३ खेलबाट १८ अंक जोडेको छ। त्रिभुवन आर्मी २४ अंक जोडेर तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्