काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले आज ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको थियो। यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विपक्षीलाई दिएको सबभन्दा ठूलो ‘टार्गेट’ थियो।

धेरैलाई लागेको थियो, बलिङ नै मुख्य हतियार रहेको नेपालले यो स्कोर सजिलै ‘डिफेन्ड’ गर्नेछ। तर, त्यसो भएन। घरेलु मैदान र दर्शकको साथ पाउँदा पनि नेपालले यो लक्ष्य रक्षा गर्न सकेन। नेपाली बलरहरूलाई निरीह सावित गर्दै ओमानले सहजै त्यो लक्ष्य पार गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको थियो, नेपालले। ओपनिङमा सधैँ समस्या भोग्दै आएको नेपालका लागि आज सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले राम्रै शुरूआत दिए। यी दुईले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे, जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानले पहिलो विकेटका लागि गरेको तेस्रो ठूलो साझेदारी थियो।

सुवास २२ रन बनाएर आउट भएपछि ज्ञानेन्द्रले पारस खड्कासँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। पारस ३८ रन बनाएर आउट भए। लगत्तै दीपेन्द्रसिंह ऐरी पनि शून्यमा आउट भए। दीपेन्द्रसिंह अमेरिकाविरुद्ध पनि शून्यमा आउट भएका थिए।

त्यसपछि ज्ञानेन्द्रले आरिफ शेखसँग चौथो विकेटका लागि २१ रनको साझेदारी गरे। ज्ञानेन्द्रले ५६ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको यो दोस्रो अर्धशतक हो। यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध पनि ५१ रन बनाएका थिए।

ज्ञानेन्द्र आउट भएपछि कुशल मल्ल र आरिफ शेखले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे। कुशल र आरिफ दुवैले समान २८ रन बनाए। विनोद भण्डारी ३५ रन जोडेर रनआउट भए। करण केसीले १० रन बनाए। सन्दीप लामिछाने १० र कमलसिंह ऐरी ९ रनमा अविजित रहँदा नेपालले ओमानलाई २५० रनको लक्ष्य पेश गर्‍यो।

तर, जारी शृंखलाको अघिल्ला दुई खेलमा राम्रो प्रदर्शन गरेको नेपालको ‘बलिङ युनिट’ आज फ्लप रह्यो।

ओमानका ओपनरद्वय जतिन्दर सिंह र खवार अलीले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। सिंह २३ रन बनाएर आउट भएपछि अलीले अकिब इलियाससँग दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे। सिंहलाई कुशलले बोल्ड गरे भने अलीलाई सुशन भारीले बोल्ड गरे।

त्यसपछि नेपाली बलरले विकेट लिन सकेनन्।  २४.५ ओभरमा आरिफले इलियासको क्याच छुटाए। जुन नेपालका लागि महंगो सावित भयो। आरिफले क्याच छोड्दा इलियास ३८ रनको स्थितिमा थिए। उनै इलियासले अविजित १०८ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो शतक हो। इलियासले कप्तान जीशन मकसूदसँग तेस्रो विकेटका लागि १६७ रनको अविजित साझेदारी गरे। मकसूद ६९ रनमा अविजित रहे।

नेपाल ओमानसँग घरेलु मैदानमा लगातार दोस्रो पटक निरीह बन्यो। बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न शृंखलाको पहिलो खेलमा नेपालले ओमानलाई १८ रनको नतिजा सुम्पिएको थियो।

ओमानसँग लगातार दोस्रो पटक पराजित भएपछि कप्तान ज्ञानेन्द्र मल्लले ‘कमजोर बलिङका कारण पराजित हुनुपरेको’ प्रतिक्रिया दिए।

‘हाम्रो योजना र कार्यान्वयनमा तालमेल मिलेन’
ज्ञानेन्द्र मल्ल
कप्तान, नेपाल

२४९ राम्रो स्कोर हो। तर, हामीले बलिङमा राम्रो गर्न सकेनौं। धेरै बाउन्ड्रीहरू दियौं। अनुशासित बलिङ गर्न सकेको भए उनीहरुलाई दबाबमा राख्न सकिन्थ्यो होला। तर, दुईजना (इलियास र मकसूद)ले जसरी ब्याटिङ गरे, त्यसले हामीलाई खेलमा फर्कन गाह्रो भयो।

हामीलाई आज बलरको कमी भएको होइन। जसलाई विश्वास गरेका थियौं, उनीहरुले समयमा विकेट लिन सकेनन्। हाम्रो योजना र कार्यान्वयनमा तालमेल हुन सकेन।

आरिफले क्याच छुटाए। कुनै पनि राम्रो टीमविरुद्ध खेल्दा ‘हाफ चान्सेस’ पनि लिनुपर्छ। त्यस्तो मौका गुमाउनु हुँदैनथ्यो। हुन त कुनै पनि फिल्डरले क्याच छोडौं भन्ने चाहँदैन। तर, राम्रो टीमविरुद्ध खेल्दा सानो–सानो गल्ती पनि गर्नु हुँदैन।

दीपेन्द्रसिंहको लयलाई खराब पनि नभनौं। एकजना खेडालीमा मात्र केन्द्रित हुनुभन्दा टीममा केन्द्रित हुनुपर्छ जस्तो लाग्छ। सबै खलाडी एकैपटक चल्छ भन्ने छैन। उनले अब चाहिएको समयमा खेल्नु आवश्यक छ। त्यसका लागि एकअर्कालाई सहयोग गर्दै जानुपर्छ। सबैजनाले एकैपटक राम्रो गर्न सक्छ जस्तो लाग्दैन।

प्रतियोगिताअघि हामीले अभ्यास खेल खेलेका हौं। तर, अझ धेरै खेल्न जरुरी छ। टीममा सबैले सिक्दै गइरहेका छन्। टीमको सम्भावना हेर्ने हो भने खेलाडीहरू जसरी आइरहेका छन्, मलाई लाग्छ हामी सही बाटोमा छौं। खेलको अवस्थाअनुसार कसरी अघि बढ्ने, फिनिसिङ कसरी गर्ने भन्ने अनुभवको कमी देखिएको छ।

मैले अझ राम्रो गर्न सक्थें होला। ५० रन भन्दा पनि  जित्नका लागि अझ राम्रो गर्न सकेको भए राम्रो हुन्थ्यो होला। मैले आज ५० प्रतिशत मात्र खेल्न सके।

‘खेलाडीलाई सिक्ने मौका मिल्यो’
उमेश पट्‍वाल
प्रशिक्षक, नेपाल

खेल कहिले राम्रो हुन्छ, कहिले नराम्रो हुन्छ। तर, सबै नेपाली खेलाडीलाई सिक्नका लागि यो राम्रो अवसर हो। किनकी उनीहरूले धेरै एकदिवसीय खेल खेलेका छैनन्। यी सबै खेलले उनीहरूलाई सिक्न राम्रो मौका दिएको छ।

‘नेपाली दर्शकले हामीलाई पनि साथ दिए’
अकिब इलियास
म्यान अफ दी म्याच

नेपालले आज राम्रो ब्याटिङ गर्‍यो।

ओमानले पनि राम्रो खेल्योे। विस्तारै हाम्रो साझेदारी बढ्दै जाँदा टीमलाई जित्न सहज भयो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानको यो उत्कृष्ट चेज हो भन्न सक्छौं। किनकी दुई विकेट गुमाइसकेको अवस्था, टर्निङ विकेट र राम्रा बलरहरू भएको नेपालजस्तो टीमविरुद्ध २५० रनको योगफल चेज गर्नु थियो।

मेरो बलिङ राम्रो भएको थियो। चार विकेट लिएको थिएँ। दोस्रो इनिङमा प्रशिक्षक र टीम स्टाफले अब गएर टीमका लागि शतक बनाउँ भनेका थिए। आज मेरो लागि सबभन्दा सुखद क्षण हो।

नेपालमा जस्तो दर्शक मैले विश्वका अन्य देशमा देखेको छैन। आजको यो दिन मैले बिर्सन नसक्ने क्षण हो। मैले जीवनमा यसअघि यस्तो देखेको थिइनँ। उनीहरूले आफ्नो टीमलाई साथ दिइरहेका थिए। हामीले राम्रो गरेपछि हामीलाई पनि साथ दिए, यो राम्रो हो।

२५० रनको लक्ष्य पूरा गर्न मैदान छिर्नुअघि प्रशिक्षकले हामीलाई सकारात्मक क्रिकेट खेल्नू, खराब सट नखेल्नू भन्नुभएको थियो। हाम्रो ब्याटिङ युनिट पनि राम्रो थियो।

अघिल्ला खेलमा भन्दा आज पिच राम्रो थियो। पिच दिनदिनै राम्रो हुँदै गएको छ।

" /> काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले आज ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको थियो। यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विपक्षीलाई दिएको सबभन्दा ठूलो ‘टार्गेट’ थियो।

"> ओमानसँग लगातार दोस्रो हारपछि ज्ञानेन्द्रले भने- ‘जो बलरमाथि भरोसा थियो, उनीहरू नै चुके’ (भिडिओसहित): Dekhapadhi
ओमानसँग लगातार दोस्रो हारपछि ज्ञानेन्द्रले भने- ‘जो बलरमाथि भरोसा थियो, उनीहरू नै चुके’ (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्