काठमाडौं। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले आज एक सार्वजनिक कार्यक्रममा चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौं उपत्यकामा कहिं पनि राख्न नहुने बताए। उनीहरूलाई काठमाडौंमा राखे महामारी फैलिन सक्ने भन्दै उनले भने, “काठमाडौं उपत्यकाका चार ठाउँमध्ये भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन्, काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ।”

पहिलोपटक नोबेल कोरोना भाइरस देखिएको र त्यहींबाट क्रमशः फैलिएकाले चीनको हुबेई प्रान्तको वुहान शहरलाई यसको केन्द्र मानिएको छ। त्यही हुबेई प्रान्तमा अध्ययन र कामको सिलसिलामा पुगेका १८० जना नेपाली छन्। सरकारले उनीहरूलाई उद्धार गर्ने निर्णय गरेर बेइजिङस्थित नेपाली दूतावासले तथ्यांक संकलन गर्न थालेपछि ती १८० जनाले नेपाल फर्कन चाहेको भन्दै नाम लेखाएका हुन्।

संक्रमित क्षेत्रमा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याइसकेपछि करीब दुई साता छुट्टै राखेर उनीहरूलाई संक्रमण भए नभएको छुट्याउनुपर्छ। त्यसरी निगरानीमा राख्ने प्रयोजनका लागि उनीहरूलाई राख्न सकिने सम्भावित ठाउँबारे चर्चा भएसँगै विजुक्छेंले उनीहरूलाई काठमाडौं उपत्यकामा राख्न नहुने धारणा राखेका हुन्।

विजुक्छेंले मात्र नभएर राख्ने भनिएका सम्भावित क्षेत्रका केही स्थानीयले पनि विरोध जनाउन शुरू गरेका छन्। संकटग्रस्त क्षेत्रमा फसेका र अहिलेसम्म सुरक्षित नै रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्न नसकेको भन्दै एकातर्फ सरकारको आलोचना भइरहेको छ भने अर्कोतर्फ सरकारले उद्धारपछि राख्ने सम्भावित ठाउँहरूको नाममा सार्वजनिक चर्चा चलेसँगै स्थानीयले त्यहाँ राख्न नहुने भन्दै विरोध जनाएका छन्।

वुहानबाट उद्धार गरेर ल्याएपछि उनीहरूलाई खरिपाटी, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने भनिएपछि चाँगुनारायण नगरपालिकाका स्थानीयले त्यसको विरोधमा नगरपालिका कार्यकालयमा धर्ना दिए।

सरकारका प्रवक्ता, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वुहानबाट उद्धार गरेर शिवपुरी, इचंगुनारायण, भक्तपुरको खरीपाटी र सूर्यबिनायमा राख्ने तयारी गरेको बताएका थिए। त्यसयता उद्धारका लागि ठोस पहल नगरेको भन्दै वुहानमा रहेका विद्यार्थीका आफन्तले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर आफ्नो असन्तुष्टि जनाइसकेका छन्। तर, सञ्चारमन्त्रीले पहिल्यै सम्भावित ठाउँ घोषणा गरेपछि त्यसआसपासका बासिन्दाले विरोध शुरू गरेका हुन्।

वुहानबाट उद्धार गरेर ल्याएपछि उनीहरूलाई खरिपाटी, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने भनिएपछि चाँगुनारायण नगरपालिकाका स्थानीयले त्यसको विरोधमा नगरपालिका कार्यकालयमा धर्ना दिए। नगरपालिकाकी उपप्रमुख बिना बाँस्तोलाले स्थानीयले संक्रमण फैलनसक्ने भन्दै चासो दिएको बताइन्। स्थानीयबासीले चाँगुनारायण नगरपालिका र नेपाल विद्युत् प्राधिकरणमा कालो झण्डासहित प्रदर्शन गरेका थिए।

उता नागार्जुन नगरपालिकाले चीनबाट फर्काइने नागरिकलाई आफ्नो इलाकाभित्र नराख्न अनुरोध गर्दै संघीय सरकारलाई पत्र नै पठाइसकेको छ।

बिजुक्छेंले वुहानमा फसेका सबै विद्यार्थी संक्रमित भइसकेको आफैं अनुमान गरेर उनीहरूले महामारी फैलाउन सक्ने दावीसहित राख्न नहुने बताएका थिए। त्यहाँ भएका सबै नेपाली संक्रमित भइसकेको र नेपालमा ल्याएपछि तिनले अरुमा पनि सार्छन् भन्ने जस्तो मानसिकता विजुक्छेंलगायत अन्यमा पनि देखिएको छ। जबकि चीन र नेपाल दुवै देशका अधिकारीहरूले वुहानमा रहेका कोही पनि नेपालीलाई अहिलेसम्म संक्रमण भइनसकेको बताएका छन्।

चागुनारायण नगरपालिकामा भएको विरोध प्रदर्शनपछि मानवशास्त्री डम्बरसिंह चेमजोङले ‘मानवीयताविरोधी यस्तो विरोध प्रदर्शनका आयोजकलाई धिक्कार छ’ भन्दै ट्वीटरमा लेखेका छन्– ‘यो कुन मानवीयता हो ? कस्तो नेपालीपन हो ? कुन राष्ट्रियता हो ?’

“चीनबाट ल्याउने नेपालीलाई कहाँ राख्ने ? सरकारले खोजिरहँदा पनि ठाउँ नै पाएको छैन, कि हामीले संसद भवन नै खाली गर्ने हो कि सभामुख महोदय ?” उनले भनेका थिए।

वुहानमा रहेका नेपालीलाई उद्धार गर्न ढिलाई भइरहेको र नेपालमा ल्याएपछि पनि कहाँ राख्ने भन्ने अन्योल भएको सन्दर्भमा गत २१ माघको प्रतिनिधि सभा बैठकमा सांसद प्रदीप यादवले संसद् भवन खाली गर्न प्रस्ताव गरे। समाजवादी पार्टीका सांसद यादव चीनबाट उद्धार गरेपछि राख्ने ठाउँ निक्र्योल नभएको अवस्थामा सकारलाई दबाब दिन आफूले त्यस्तो प्रस्ताव गरेको बताउँछन्।

“चीनबाट ल्याउने नेपालीलाई कहाँ राख्ने ? सरकारले खोजिरहँदा पनि ठाउँ नै पाएको छैन, कि हामीले संसद भवन नै खाली गर्ने हो कि सभामुख महोदय ?” उनले भनेका थिए। सरकार गम्भीर भएर चीनको वुहानबाट तत्काल उद्धार गर्नुपर्ने मागसहित आफूले बैठकमा त्यस्तो धारणा राखेको सांसद यादवले बताए।

उद्धारपछि राख्ने ठाउँको स्थानीयवासीले गरिरहेको विरोधलाई मानवशास्त्री चेम्जोङ समाजमा मानवीय चेत हराउँदै गएको उदाहरणसँग तुलना गर्छन्।

“नेपाली समाजको मनस्थिति तीनवटा तहमा झल्किन्छ,” उनले देखापढीसँग भने, “नेपालीको मानसिकता आत्मकेन्द्रित छ, त्यसभन्दा माथि उठ्न सक्यो भने परिवारकेन्द्रित र अझ टाढासम्म जानसक्दा नातागोता केन्द्रित छ।”

चेम्जोङले भनेजस्तै ‘उद्धार गरेर ल्याउनैहुन्न’ भन्ने मानसिकताले नेपाली समाजको दयनीय चिन्तन उजागर गर्छ। अर्कोतर्फ, आफ्ना नागरिकलाई सकेसम्म संक्रमण नहुँदै उद्धार गर्नेतर्फ सरकारको वेवास्ता उदेकलाग्दो छ। उपलब्ध विकल्पमध्ये उत्तम छनोट गरेर समस्यालाई सम्बोधन गर्नुको साटो आवश्यक नै नपर्ने गतिविधि गरेर दृश्यमा आउन खोज्ने प्रवृत्ति फेरि दोहोरिएको छ। त्यसको उदाहरण हो– चीनस्थित नेपाली दूतावासको पछिल्लो गतिविधि।

नोबेल कोरोना भाइरसको महामारी नरोकिएपछि चीनले २३ जनवरीदेखि वुहान सिल गरेको छ। सार्वजनिक यातायात र हवाई सेवा बन्द छ। यद्यपी त्यहाँ फसेका आफ्ना नागरिकलाई उद्धार गर्नका लागि चार्टर्ड फ्लाइट भने गर्न पाइन्छ। धेरै देशले त्यसरी नै आफ्ना नागरिकलाई वुहानबाट ‘रेस्क्यू’ पनि गरिसकेका छन्।

दूतावास भवनबाहिर राजदूत लीलामणि पौड्याललगायतका अधिकारी उभिएर नाराबाजीको शैलीमा मुठ्ठी उठाउँदै चिनियाँ भाषामा भनेका छन्– ‘चीनः होस्टे हैंसे, वुहानः होस्टे हैंसे।’

यस्तो अवस्थमा वुहानमा बन्द रहेका नेपालीलाई त्यहाँबाट उद्धार गर्न प्रमुख र सक्रिय भूमिका खेल्नुपर्ने निकाय बेइजिङस्थित नेपाली दूतावास हो। ‘वीच्याट’मा एउटा ग्रुप बनाएर त्यहाँ रहेका नेपालीलाई त्यसमा ‘एड’ गर्नेबाहेक बेइजिङस्थित दूतावासले खासै केही गर्न सकेको छैन।

उद्धार गर्ने सरकारको निर्णयपछि वेबसाइटमा सूचना राखेर नेपाल फर्कन चाहनेले स्वेच्छिक फारम भर्न भनेको दूतावासले त्यसपछि मात्रै वुहान र आसपासमा गरी करीब १८० नेपाली रहेको जानकारी पायो। यसअघि त्यति आँकडा पनि दूतावासलाई थाहा थिएन।

विद्यार्थी र तिनका आफन्तले फारम भरेपछि मात्रै त्यहाँ रहेका नेपालीको संख्या थाहा पाउने दूतावासले २५ माघमा भने जग हँसाउने एउटा काम गरेको छ। दूतावास भवनबाहिर राजदूत लीलामणि पौड्याललगायतका अधिकारी उभिएर नाराबाजीको शैलीमा मुठ्ठी उठाउँदै चिनियाँ भाषामा भनेका छन्- ‘चीनः होस्टे हैंसे, वुहानः होस्टे हैंसे।’

" /> काठमाडौं। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले आज एक सार्वजनिक कार्यक्रममा चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौं उपत्यकामा कहिं पनि राख्न नहुने बताए। उनीहरूलाई काठमाडौंमा राखे महामारी फैलिन सक्ने भन्दै उनले भने, “काठमाडौं उपत्यकाका चार ठाउँमध्ये भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन्, काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ।”

"> वुहानका नेपालीलाई ल्याएर आफ्नो वरपर राख्न नदिने विरोध- यस्तो अमानवीय किन हुँदैछ समाज ? : Dekhapadhi
वुहानका नेपालीलाई ल्याएर आफ्नो वरपर राख्न नदिने विरोध- यस्तो अमानवीय किन हुँदैछ समाज ?

प्रतिक्रिया दिनुहोस्