‘अनुभवका अनुभूतिहरू’ लोकार्पण
काठमाडाैं। प्राध्यापक तथा पत्रकार डा. दुर्गा दाहालको कविता सङ्ग्रह ‘अनुभवका अनुभूतिहरू’को लोकार्पण गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले प्रकाशनमा ल्याएको कृतिको वरिष्ठ कवि तुल्सी दिवसले लोकार्पण गरे।
दिवसले लेखकले सूक्ष्म ढङ्गले मानवीय संवेदनालाई कृतिमा समेट्न सफल रहेको भन्दै प्रकृति, संस्कृति र विभिन्न कुरीतिसँग जोडिएका पक्षलाई कवितामा उतारेको बताए।
कृतिमाथि टिप्पणी गर्दै प्राध्यापक डा. लक्ष्मण गौतमले कविले यस कृतिमा सकारात्मक सोचको भावनालाई प्रतिविम्बित गरेको बताए।
अर्का टिप्पणीकार गीता कार्कीले लेखकले प्रेरणा र मानवीयताको महत्त्वलाई उच्चतम ढङ्गले स्थान दिएको बताइन्।
समाजका अध्यक्ष राधेश्याम लेकालीले राजनीतिमा सुधार ल्याउन श्रष्टाहरू सत्तासम्म पुग्नुपर्ने धारणा राखे।
सोही अवसरमा दाहालको शब्द रहेको गीति एल्बम ‘माया’ पनि सार्वजनिक गरियो। गीतमा आनन्द कार्कीको स्वर र सरोज प्याकुरेलको संगीत रहेको छ। रासस
प्रतिक्रिया दिनुहोस्