तेस्रो स्थानमा उक्लियाे मनाङ
काठमाडौं। साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आज न्यूरोड टीम (एनआरटी) लाई ४–१ ले हराउँदै शहीद स्मारक ‘ए’ डिभजिन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

लिगमा दुई खेल बाँकी छँदा मनाङ शीर्ष क्लब त्रिभुवन आर्मीभन्दा चार अंक तथा दोस्रो स्थानको मछिन्द्र भन्दा तीन अंकले पछि हो। त्यसकारण मनाङले आजको जितसँगै गणितीय रूपमा उपाधि सम्भावना कायमै राखेको छ।

मनाङले अब नेपाल पुलिस र जावलाखेल युथ क्लबसँग खेल्न बाँकी छ। त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइज र मछिन्द्रसँग खेल्न बाँकी छ।

मछिन्द्रले त्रिभुवन आर्मीबाहेक संकटा क्बलसँग खेल्न बाँकी छ। एनआरटी भने सातौं स्थानमा छ। एनआरटीको १५ अंक छ।

समान १५ अंक भए पनि संकटा गोलअन्तरका आधरमा दोस्रो स्थानमा छ। एनआरटीले अब थ्री स्टार र हिमालयन शेर्पासँग बाँकी छ।

मनाङले विमल रानाको गोलबाट ३५औं मिनेटमा अग्रता लिएको थियो। ४३औं मिनेटमा अञ्जन विष्टले अग्रता दोब्बर बनाए।

६५औं मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल थपे। यससँगै अञ्जन र विमलको जारी लिगमा पाँच गोल भएको छ, जुन धेरै गोल गर्ने सन्तोष साहुखलको भन्दा दुई गोलले कम हो।

इन्जुरी समयमा भारतीय खेलाडी दयानन्द सिंहले अर्को गाेल थपेपछि ८९औं मिनेटमा संकटाका वैकल्पिक खेलाडी सकल रेग्मीले गरेको गोल क्लबका लागि सान्त्वना बन्यो।

प्रतिक्रिया दिनुहोस्