काठमाडौं। बाटोमा ट्राफिक छैन भनेर लेन मिचेर वा अन्य कुनै ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउँदै हुनुहुन्छ ?
अब त्यसो गर्नुभयो भने पनि तपाईं कारबाहीमा पर्न सक्नु हुनेछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब ट्राफिक नियम उल्लंघन गरेर जाने जो कोहीको घरमै पुगेर चिट थमाउने अभियान थाल्दैछ।
महाशाखाले आज पत्रकार सम्मेलनको आयोजना गरेर अब काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार्न र नियम उल्लंघन गर्नेलाई सीसीटीभी फुटेज हेरेर कारबाही गर्ने भएको छ।
“हामीले अहिले पनि कार्यालयमा सीसीटीभी फुटेज हेरेर नियम उल्लंघन गर्नेलाई कारबाही गरिरहेका छौं”, महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालले भने, “अब मातहतका कार्यालयबाट चिट काटेर घरमै पुगेर पनि गलत गर्नेलाई कारबाही गर्ने अभियान थाल्दैछौं।”
ट्राफिक प्रहरीका अनुसार अहिले उपत्यकाका विभिन्न सडकहरूमा एक हजार ६८४ वटा सीसी क्यामेरा जडान गरिएका छन्।
महाशाखाले सीसी क्यामेरको फुटेज हेरेर दिनहुँ कहाँ कहाँ ट्राफिक नियम उल्लंघन भएको छ, त्यो हेरेर सवारीधनीलाई फोन गरेर महाशाखामा बोलाउने गरेको छ।
त्यसकै आधारमा उनीहरूले गरेको गल्तीको जरिवाना तिराउने गरिएको छ।
महाशाखाका अनुसार ६ महीनाको अवधिमा २० हजार ४५७ जनालाई मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा कारबाही गरेको छ।
“हामीले अझै विभिन्न स्थानमा क्यामरा जडान गर्ने र यो अभियानलाई थप प्रभावकारी बनाएर लैजाने सोचेका छौं”, एसएसपी ढकालले भने, “ट्राफिक प्रहरीको उपस्थिती भएको ठाउँमा कारबाही त भइ नै हाल्छ त्यहाँबाट उम्केकाहरूलाई फुटेज हेरेर कारबाही गरिन्छ।”
ट्राफिक प्रहरी महाशाखाले पछिल्लो ६ महीनामा गरेको कार्यक्रमका बारेमा आज जानकारी गराएको हो। महाशाखाका अनुसार ६ महीनाको अवधिमा २० हजार ४५७ जनालाई मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा कारबाही गरेको छ।
यो अवधिमा २० हजार भन्दा धेरैलाई सचेतना कक्षा प्रदान गरिएको छ। लेन अनुशासन उल्लंघन गर्ने २३ हजार ५०७ जना, सवारी दुर्घटना गर्ने चालक २५५ जना, चालक सह–चालक १ हजार ९५९ जना, मन्त्रालय, अन्य सरकारी कार्यालय तथा संघ संस्थाका व्यक्ति एक हजार ८४६ जना, कलेजका विद्यार्थीहरू ६ हजार १११ र सुरक्षित यात्रा अभियानमा ६ हजार १८२ जना गरी हालसम्म जम्मा ६० हजार ३१७ जनालाई सचेतना कक्षा प्रदान गरिएको महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
उपत्यकाको सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन महाशाखाले १ पुस देखि शुरू गरेको तीनमहीने विशेष मोबाईल कारबाही अभियान अन्तर्गत अव्यवस्थित पार्किङ गर्ने ४ हजार २१८, जथाभावी सवारी मोड्ने १ हजार ८०, ढोका खुल्ला ३ हजार ८०६, एकतर्फी (वान वे) मा चलाउने ८४१, जथाभावी हर्न बजाउने ८०८, लेन अनुशासन पालना नगर्ने ७९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ३ हजार ५६६ र अन्य ६ हजार ३४२ गरी जम्मा २० हजार ४३३ सवारी चालकहरूलाई कारबाही गरेको छ।
जाम कम गर्न र सुरक्षित यात्राका लागि अहिले विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएका छन्। अहिले उपत्यकाका १७ स्थानमा लाइट जडान भइसकेको छ।
प्रहरीले यो अवधिमा तीव्र गतिमा सवारी हाक्ने ३ हजार ८४१ ट्रिपरलाई कारबाही गरेको छ। जाम कम गर्न र सुरक्षित यात्राका लागि अहिले विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएका छन्। अहिले उपत्यकाका १७ स्थानमा लाइट जडान भइसकेको छ।
“हाम्रो अबको लक्ष्य भनेको सडकमा लाइट बढाएर अझ व्यवस्थित गर्नेछ”, महाशाखाका एसएसपी ढकालले भने, “यसबाट अझ उपत्यकाको सवारी आवागमन सहज हुने विश्वास छ।”
त्यस्तै ट्राफिक प्रहरी महाशाखाले चोरी नियन्त्रण गर्न विशेष टोली नै बनाएको छ। पछिल्लो समयमा २८५ वटा चोरी भएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ। चोरीमा संलग्न ३० जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ। ट्राफिकमैत्री सडकका लागि ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजना लाई कार्यान्वयन गरि पूरा गरिने महाशाखाको आगामी कार्ययोजना रहेको छ।