पर्सामा साढे पाँच लाखसहित हुण्डी कारोबारी पक्राउ <p>पर्सा। पर्सा प्रहरीले साढे पाँच लाख रूपैयाँसहित आज एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।</p> <p>वीरगञ्ज महानगरपालिका&ndash;१६, रजतजयन्तीचोकबाट प्रहरीले भारत मोतिहारी पूर्वी चम्पारण रक्सौल डमुरिया टोल बस्ने सुरेश महतो (५०)लाई पक्राउ गरेको हो।</p> <p>प्रहरीका अनुसार महतो भारत रक्सौलबाट वीरगन्जतर्फ मोटरसाइकलमा रकम बोकेर आइरहेका थिए। उनको साथमा रहेको रकमको स्रोत नखुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p> <p>नगद, मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्