काठमाडौं। प्रहरीले तनहुँमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
बन्दीपुर गाउँपालिका–१ नाला घर भएका २५ वर्षीय विक्रम अधिकारी आज पक्राउ परेका हुन्।
अधिकारीले अवैध रूपमा लागूऔषध कारोबार गरिहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आँबुखैरनीबाट खटिएको टोलीले डाइजेपाम ४० थान, नूफिन ४० थान र फेनरागन ४० थान गरी १२० थान लागूऔषध बरामद गरेको हो।

अधिकारीले आफू सुत्ने कोठाको बेडको घर्रामा लुकाई–छिपाई राखेको अवस्थामा उक्त लागूऔषध बरामद गरिएको ईप्रका आँबुखैरेनीका प्रमुख, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।
पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।