बलिङमा नेपालका चार विकेट लिएका अक्विब इलियासले शतक बनाए।
इलियास र मकसूदले तेस्रो विकेटका लागि १६७ रनको अविजित साझेदारी गरेपछि नेपालले दिएको २५० रनको लक्ष्य ओमानलले ४७.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो।
ओमानका ओपनरद्धय जतिन्दर सिंह र खवार अलीले पनि राम्रो शुरूआत दिए। उनीहरूले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। जतिन्दरले २३ रन बनाए भने खवार अलीले ४१ रन जोडे।
अली आउट हुँदा ओमान ८३–२ को स्थितिमा थियो। अलीसँग दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरेका इलियासले तेस्रो विकेटका लागि कप्तान मकसूदसँग अविजित १६७ रनको साझेदारी गरे।
कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले नेपाललाई राम्रो शुरूआत दिएका थिए। उनीहरूले पहिलो पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे। जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानले पहिलो विकेटका लागि गरेको तेस्रो ठूलो साझेदारी हो।
२४.५ ओभरमा अरिफ शेखले इलियासको क्याच छुटाएका थिए। त्यतिबेला इलियास ३८ रनको स्थितिमा थिए। आरिफले छुटाएको त्यो क्याच नेपालका लागि महंगो सावित भयो। इलियासले अविजित १०८ रन बनाए भने मकसूदले ६९ रन बनाए।
नेपालका सुशन भारी र कुशल मल्लले समान एक/एक विकेट लिए।
त्यसअघि कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो।

सुवास २२ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्लले पारस खड्कासँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। पारस खड्का ३८ रन बनाएर आउट भए। लगत्तै दीपेन्द्रसिंह ऐरी पनि शून्यमा आउट भए। पारसले ३४ बलमा ६ चौकार एक छक्का प्रहार गरे।
त्यसपछि ज्ञानेन्द्रले आरिफ शेखसँग चौथो विकेटका लागि २१ रनको साझेदारी गरे। ज्ञानेन्द्र २८.१ ओभरमा ५६ रन बनाएर आउट भए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको दोस्रो अर्धशतक हो। उनले यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएका थिए।

ज्ञानेन्द्र आउट भएपछि कुशल मल्ल र आरिफ शेखले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे। सानो उमेर अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका कुशल मल्ल २८ रन बनाएर आउट भए। कुशलले २४ बलमा दुई चौका र दुई छक्का हाने। आरिफ शेखले ४५ बलमा २८ रन बनाए।
अमेरिकाविरुद्ध ५९ रन बनाएका विनोद भण्डारी ३५ रनमा रनआउट भए। विनोदले ४७ बलमा पाँच चौका हाने। करण केसीले १० रन बनाए। सन्दीप लामिछानेले १० र कमलसिंह ऐरी ९ रनमा अविजित रहे।
ओमानका अकिब इलियासले ४ विकेट लिए भने मोहम्मद नादीमले ३ विकेट लिए।
" />

">