१३औं सागमा स्वर्ण बिजेता फुटबल खेलाडीलाई पाँच लाख ५० हजार दिने एन्फाको निर्णय
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आजको बैठकले १३औं सागमा फुटबलको यू–२३ मा स्वर्ण विजेता प्रत्येक खेलाडीलाई पाँच लाख ५० हजार रूपैयाँ पुरस्कार दिने निर्णय गरको छ।

त्यस्तै सागमा रजत विजेता महिला फुटबल टीमका प्रत्येक सदस्यलाई एक लाख ५० हजार रूपैयाँ पुरस्कार दिने निर्णय भएको एन्फाले जनाएको छ।

शहीद स्मारक बी र सी डिभिजनमा भाग लिने फुटबल टीमलाई तयारी गर्नका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि एन्फाको आजको बैठकले गरेको छ।

जसअनुसार बी डिभिजनमा भाग लिने टीमले १० लाख र सी डिभिजनमा भाग लिने टीमले सात लाख रूपैयाँ पाउनेछन्।

बी डिभिजन लिगकको बिजेता टीमले १५ लाख, उपविजेताले आठ लाख र तेस्रो हुनेले तीन लाख रूपैयाँ पाउनेछन्।

त्यस्तै महिला फुटबल लिगको ‘च्याम्पिएन’ टीमले १५ लाख, ‘फस्ट रनर अप’ले आठ लाख, ‘सेकेन्ड रनर अप’ले पाँच र ‘थर्ड रनर अप’ले तीन लाख पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्