काठमाडौं। वैदेशिक रोजगार कसुर मुद्दाका फरार एक व्यक्ति पक्राउ परेका छन्।
भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ रानीवारी बस्ने ३७ वर्षीय अजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङमाथि जापान पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर ठगी गरेको आरोप छ।
वैदेशिक रोजगार कसूरको तीन वटा मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २४ मंसिर २०७५ को फैसलाले तामाङलाई चार वर्ष छ महीना कैद र चार लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने ठहर गरेको थियो।
फरार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर मार्फ्त कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। वैदेशिक रोजगार कसुर मुद्दाका फरार एक व्यक्ति पक्राउ परेका छन्।भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ रानीवारी बस्ने ३७ वर्षीय अजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

">