आईसीसी क्रिकेट विश्वकप लिग-२: ज्ञानेन्द्र मल्लको अर्धशतक

काठमाडौं। कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन्।

उनले मोहम्मद नादीमको बलमा चौका हान्दै अर्धशतक बनाएका हुन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको दोस्रो अर्धशतक हो।

उनले यसअघि नेदरल्यान्ड्सविरुद्ध ५१ रन बनाएका थिए।

जारी त्रिदेशीय शृंखलाअन्तर्गत अहिले नेपाल र ओमानबीच खेल भइरहेको छ।

यसैबीच ज्ञानेन्द्र मल्ल ५६ रन बनाएर पेभेलियन फर्किएका छन्।

ज्ञानेन्द्रले सुवास खकुरेलसँग पहिलो विकेटका लागि ४८, पारस खड्कासँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए।

त्यस्तै अरिफ शेखसँग चौथो विकेटका लागि २१ रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्