मुग्लिन। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेको छ।
धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रंगशाला निर्माण भइरहेको छ।
रंगशाला निर्माणमा सहयोग संकलन गर्न आयोजना भइरहेको महायज्ञमा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले २५ माघमा सो रकमको चेक हस्तान्तरण गरेका छन्।
रंगशाला निर्माणमा सहयोग गर्नु सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको अध्यक्ष गुरुङले बताइन्।
रंगशाला निर्माणका लागि सहयोग जुटाउन गाउँपालिकाले ५१ सदस्यीय समिति गठन गरेको थियो। रासस
" /> मुग्लिन। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेको छ।धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रंगशाला निर्माण भइरहेको छ।

">