कमलसिंह ऐरीको डेब्यू

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज ओमानविरुद्ध नेपालका कमलसिंह ऐरीले डेब्यू गरेका छन्।

कमलसिंहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू हो। १९ वर्षे कमलसिंहले अभिनाष बोहराको स्थान लिएका हुन्।

नेपालले अमेरिकाविरुद्ध खेलेको टीममा एक खेलाडी परविर्तन गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जशीन मकसूदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको छ।

जारी त्रिदेशीय श्रृंखलामा ओमानको यो तेस्रो खेल हो भने नेपालको दोस्रो हो।

नेपालले पहिलो खेलमा ओमानलाई १८ रनको नतिजा सुम्पिएको थियो।

दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। ओमानले नेपाल र अमेरिका दुबैलाई पराजित गरेको थियो।

नेपाललाई आज पहिलो खेलमा ओमानसँग हारेको बदला लिने मौका छ।

नेपाली टीमः

ज्ञानेन्द्र मल्ल, पारस खड्का, सुवास खकुरेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, सन्दीप लामिछाने, सुशन भारी, करण केसी, कमलसिंह ऐरी।

प्रतिक्रिया दिनुहोस्