ओमानविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ को क्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले आज ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जशीन मकसूदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो।

जारी त्रिदेशीय शृंखलामा ओमानको यो तेस्रो खेल हो भने नेपालको दोस्रो हो।

नेपालले पहिलो खेलमा ओमानलाई १८ रनको नतिजा सुम्पिएको थियो।

दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो।

ओमानले नेपाल र अमेरिका दुबैलाई पराजित गरेको थियो।

नेपालसँग आज पहिलो खेलमा हारेको बदला लिने मौका छ।

प्रतिक्रिया दिनुहोस्