सिन्धुलीमा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १३ जना घाइते

सिन्धुली। दुधौली नगरपालिका-४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा दाउरा बोकेको ट्र्याक्टर पल्टँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दुधौली नगरपालिका-१ गिचियानीका ७० वर्षीय ब्रम्हलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

दुधौली नगरपालिका- १ टोड्केपानी जंगलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु. ८३ त ६८९० नम्बरको ट्र्याक्टर ब्रेक फेल भएर २५ माघमा दुर्घटना भएको खत्रीले बताए।

दुर्घटनामा परी घाइते भएका दुधौली नगरपालिका-१ गिचियानीका ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर छ।

उनीहरूसहित अन्य १० जना घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्