पर्यटक भिसामा बसेर काम गर्ने सय विदेशी कारबाहीमा

काठमाडौं। गृह मन्त्रालयले हालै घुम्ने नाममा पर्यटक भिसामा नेपाल आएर जागिरमा आबद्ध भएका एक सयभन्दा धेरै विदेशीलाई कारबाही गरेको छ।

सरकारी आयोजना, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा निजी कम्पनीमा कार्यरत विदेशीहरु कारबाहीमा परेका हुन्।

यो आर्थिक वर्षमा मात्र एक सयभन्दा धेरै विदेशी कारबाहीमा परेको गृह मन्त्रालयले जनाएको छ।

कारबाही पर्नेहरूमा धेरैजसो अमेरिकी नागरिक छन्।

त्यस्तै कोरिया, जापान, बेलायत, चीनलगायतका देशका नागरिक पनि कारबाहीमा परेका छन्।

उनीहरूलाई प्रतिव्यक्ति ५० हजार रूपैयाँ जरिवाना गराएर पर्यटक भिसालाई वर्किङ भिसामा परिवर्तन गर्न लगाइएको छ।

विभिन्न परियोजनामा कार्यरत विदेशी नागरिकका फाइल अध्ययन गर्दा धेरैजसो पर्यटन भिसामा बसिरहेको खुलेपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको आजको नयाँ पत्रिकामा समाचार छ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले पर्यटक भिसामा बसेर काम गर्नु अध्यागमनसम्बन्धी कसुर भएकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्