प्रेम गीत-३ को अफरः टिकटक बनाउँदा स्कुटर उपहार
काठमाडौं। यो वर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत-३’ ले नयाँ अफर ल्याएकाे छ।

२८ चैतमा प्रदर्शनमा आउन लागेको चलचित्रले आफ्नो पहिलो गीत ‘हात्ती ढुंगामा’ मा टिकटक बनाउने एकजनालाई स्कुटर उपहार दिने योजना ल्याएकाे हाे।

यो गीतको ‘हो...हा...’ च्यालेन्जमा टिकटक बनाउनेलाई चलचित्र निर्माण टीमले स्कुटर उपहार दिने भएको हो।

उत्कृष्ट टिकटक बनाउने अन्य तीनजनालाई स्मार्टफोन दिइने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए। टिकटक भिडिओ बनाउँदा ओर्जिनल भिडिओमा जस्तै स्टेप मिलाउनुपर्ने निर्माता तथा निर्देशक सेनको भनाइ छ।

मेलिना राई र सागर आलेको स्वर रहेकाे याे गीत हर्कबहादुर साउदले लेखेका हुन्। गीतमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, माहोत्से गुरुङ, क्रिजन गौतम लगायतका कलाकार देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्