टेबुल टेनिसकाे एकल स्पर्धामा भारतकै वर्चश्व
काठमाडाैं। तेस्रो संस्करणको सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फको उपाधि भारतले हात पारेको छ।

पुरूष एकलतर्फ भारतका आदर्श ओम क्षेत्रीले फाइनलमा नेपालका स्यान्टु श्रेष्ठलाई पराजित गर्दै उपाधि हात पारे।

त्यस्तै महिला एकलतर्फ भारतकी ममता प्रभुले उपाधि जितिन्। उनले फाइनलमा नेपालकी नविता श्रेष्ठलाई हराएकी हुन्।

ललितपुर टेबुल टेनिस क्लबको आयोजना र स्पिन इभेन्ट्स प्रालिको व्यवस्थापनमा प्रतियोगिता भएको थियो।

प्रतिक्रिया दिनुहोस्