काठमाडौं। थाइल्याण्डको राजधानी बैंककदेखि उत्तरपूर्वमा रहेको शहर नाखोन रचासिमामा गोली प्रहार गरी त्यहाँका एक सैनिकले कम्तीमा १२ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
एक दशकदेखि सशस्त्र लडाइँ जारी रहेको थाइल्याण्डको सुदूरदक्षिण क्षेत्र भन्दा अन्यत्र यस्तो घटना हुनु साह्रै अनौठो मानिएको छ।
प्रहरीले आक्रमणकारी व्यक्तिको नाम जक्रापन्थ थोम्मा रहेको बताएको छ। आजै बिहान ती व्यक्तिले फेसबुकमा ‘मृत्यु सबैका लागि अवश्यम्भावी छ’ लेखेर पोष्ट गरेका थिए। साथै बन्दुक समातेको आफ्नो हातको तस्वीर पनि पोष्ट गरेका थिए।
फेसबुकले उनको अकाउन्ट बन्द गरिदिनु अघि आक्रमणकै बीचमा उनले ‘के मैले आत्मसमर्पण गर्नुपर्छ ?’ भनेर पनि पोष्ट गरेका थिए।
ती सैनिकले राजधानी थाइल्याण्ड भन्दा करीब २५५ किलोमिटर टाढा रहेको उक्त शहरका विभिन्न ठाउँमा आक्रमण गरेका थिए। प्रहरीले आक्रमणकारी शपिङ मल नजिकै रहेको आशंका गरेको छ र अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन।
थाइल्याण्डको रक्षा मन्त्रालयका प्रवक्ताले प्रेससँग ‘उसले किन यसो गर्यो भन्ने हामीले थाहा पाएका छैनौं। ऊ पागल भएजस्तो देखिन्छ’ भनेका छन्।
स्थानीय मिडियाले उक्त व्यक्ति सपिङ मलको बाहिर कारबाट निस्कँदै गरेको र फायरिङ शुरू गरेको भिडिओ फुटेजहरू प्रकाशन गरेका छन्। भिडिओमा मानिसहरू डरले भागदौड गर्दै गरेको देखिन्छ। साथै गोली चलेको आवाज पनि सुनिन्छ।
आक्रमणकारी व्यक्ति शुरूमा एउटा घरमा पसेर दुईजना व्यक्तिलाई गोली हानी हत्या गरेका थिए। त्यसपछि उनी अर्को बन्दुक लिनका लागि सैनिक क्याम्पमा रहेको हातहतियार भण्डारण केन्द्रमा गएका थिए। त्यसपछि उनले सैनिक क्याम्पमा पनि फायरिङ गरेका थिए।

" /> काठमाडौं। थाइल्याण्डको राजधानी बैंककदेखि उत्तरपूर्वमा रहेको शहर नाखोन रचासिमामा गोली प्रहार गरी त्यहाँका एक सैनिकले कम्तीमा १२ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

">