काठमाडौं। विजय श्रेष्ठको दुई गोलप्रेरित हिमालयन शेर्पाले आज च्यासल युथ क्लबलाई ३–२ ले पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेशनमा पर्ने सम्भावना टारेको छ।

सातोदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हात पारेको जितसँगै हिमालयन शेर्पाले १० अंक जोडेको छ। जुन रेलिगेशन क्षेत्रमा रहेको सरस्वती युथ क्लबभन्दा ६ अंकले बढी हो। ११ मध्ये दुई खेल जितेको हिमालयन शेर्पाले चार खेल बराबरी खेलेको छ।

हिमालयन शेर्पा ११औं स्थानमा छ। च्यासल युथ भने १२ अंकका साथ दशौं स्थानमा छ। च्यासलले तीन खेल जितेको छ भने तीन खेल बराबरी खेलेको छ।

विजयले २८औं मिनेटमा हिमालयन शेर्पालाई अग्रता दिएका थिए। ३३औं मिनेटमा त्रिदेव गुरुङले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए।

३८औं मिनेटमा हायातो वाकितोले ३८औं मिनेटमा गरेको गोलमा च्यासलले अग्रता लिने प्रयास गरेको थियो। तर, ५१औं मिनेटमा विजयले अर्को गोल थपे। खेल सकिन एक मिनेट बाँकी रहँदा वाकितोले अर्को थपे पनि च्यासलाई जिताउन सकेनन्।

हिमालयन शेर्पाले अब जावलाखेल युथ क्लब र न्यूरोड टीम (एनआरटी) सँग खेल्न बाँकी छ भने च्यासल युथले सरस्वती युथ र थ्री स्टार क्लबसँग खेल्न बाँकी छ।

आजै एन्फा मुख्यालयमा सम्पन्न अर्को खेलमा जावलाखेल युथले १० खेलाडीमा सीमित बनेको फ्रेण्ड्स क्लबलाई १–० ले पराजित गर्‍यो।

फोडे फोफानाले ५८औं मिनेटमा गरेको गोलमा जावलाखेल युथले अग्रता लिएको थियो। उनको त्यही गोल क्लबको जितमा निर्णायक बन्यो। ६२ मिनेटमा साउलो डी एक्विनोले रातो कार्डको सामना गरेपछि फ्रेण्ड्सले बाँकी समय १० खेलाडीमा खेलेको थियो।

एक्विनोले जावलाखेलका एडमा डोउम्बियालाई फाउल गरेपछि रेफ्री श्रवण लामाले रातो कार्डको दर्शन गराएका थिए। जितपछि जावलाखेल युथ १८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ। फ्रेण्ड्स क्लब भने १४ अंकका साथ नवौं स्थानमा छ।

जावलाखेलले अब हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबसँग खेल्न बाँकी छ। त्यस्तै फ्रेण्ड्स क्लबले अब नेपाल पुलिस क्लब र एपीएफसँग खेल्न बाँकी छ।

आजै हल्चोकस्थित एपीएफको फुटबल मैदानमा हुने भनिएको मनाङ मर्स्याङ्दी र एनआरटीबीचको खेल भने प्रविधिक कारणवश स्थगित गरिएको एन्फाले जनाएको छ। मनाङ र एनआरटीबीचको खेल भाेलि, २६ माघमा एन्फा मुख्यालयमै हुनेछ।

" /> काठमाडौं। विजय श्रेष्ठको दुई गोलप्रेरित हिमालयन शेर्पाले आज च्यासल युथ क्लबलाई ३–२ ले पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेशनमा पर्ने सम्भावना टारेको छ।

"> हिमालयन शेर्पाले रेलिगेशनमा पर्ने सम्भावना टार्‍याे: Dekhapadhi
हिमालयन शेर्पाले रेलिगेशनमा पर्ने सम्भावना टार्‍याे

प्रतिक्रिया दिनुहोस्