"> एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: घरेलु मैदानमा नेपालकाे पहिलो जित, अमेरिका ३५ रनले पराजित: Dekhapadhi
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: घरेलु मैदानमा नेपालकाे पहिलो जित, अमेरिका ३५ रनले पराजित
काठमाडौं। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १९१ रनको लक्ष्य पच्छ्याएको अमेरिका १५५ रनमा समेटियो। नेपाल–अमेरिका–ओमानबिच काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट अन्तरगत आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गरेको थियो।

४९.२ ओभर खेलेको नेपालले विनोद भण्डारी र कुशल मल्लको अर्धशतक मद्दतमा १९० रन बनाएको थियो। ४९ रन जोड्दा नै पाँच विकेट गुमाएको नेपालका लागि कुशल र विनोदले ८४ रनको साझेदारी गर्दा नेपाललको इनिङ सम्हालिएको थियो।

शरद भेषावाकरको ठाउँमा खेलेका सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखजस्ता भरपर्दा ब्याट्सम्यान सस्तैमा आउट भएपछि नेपालले लगभग गुमाएको खेललाई कुशल र विनोदले सम्हालेका थिए। विनाेदले ५९, कुशलले ५०, कप्तान ज्ञानेन्द्रले २१ र पूर्वकप्तान पारसले १९ रन जाेडे।

अमेरिकालाई ४४.१ ओभरमा १५५ रनमा समेट्न करण केसीले चार, सन्दिप लामिछानेले दुई, सुशन भारीले तीन र कुशल मल्लले एक विकेट लिएका थिए। कुनै समय २७ रन जाेड्दा पाँच विकेट गुमाएकाे अमेरिकालाई १११ बलमा ७५ रन जाेडेर इआन हल्याण्डले सम्हालेका थिए।

याे जितसँगै दुई खेलबाट दुई अंक जाेडेकाे नेपाल विश्वकप क्रिकेट डिभिजन २ काे अंक तालिकामा नेपाल अन्तिमबाट दाेस्राेमा छ। ८ खेलमा कुनैमा पनि जित ननिकालेकाे पपुवा न्यू गिनी पुछारमा छ भने आजकाे हारपछि पनि संयुक्त राज्य अमेरिका शीर्ष स्थानमा छ। अमेरिकाले १० खेलबाट १२ अंक जाेडेकाे छ भने ८ खेलबाट १२ अंक जाेडेकाे ओमान दाेस्राे स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्