नेपाली युवा क्रिकेटर मल्लको ‘विश्व कीर्तिमान’
काठमाडाैं। अमेरिकाविरुद्धको खेलमा नेपाली युवा क्रिकेटर कुशल मल्लले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमै अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्। कुशलले ४९ बलमा चार चौका र तीन छक्काको मद्दतले अर्धशतक बनाएका हुन्। उनले यसअघि नेपालकै रोहितकुमार पौडेलको नाममा रहेको रेकर्ड तोडेका हुन्।

आज रोहितकै स्थानमा मौका पाएका कुशलले आफ्नो डेब्यू खेलमै कीर्तिमान राखेका हुन्। ५१ बल खेलेका उनी ५० रनमा क्याच आउट भए ।

रोहितले १६ वर्ष १४६ दिनमा अर्धशतक बनाएर सबैभन्दा कान्छो उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने रेकर्ड राखेका थिए।

नेपालले घरेलु मैदानमा पहिलोपटक एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ। ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृंखला खेलिरहेको नेपालले पहिलो खेल ओमानसँग १८ रनले गुमाएको थियो भने आज अमेरिकासँग खेल्दै छ। पहिले ब्याटिङ गरेको नेपालले १९१ रनको लक्ष्य दिएको थियो।

प्रतिक्रिया दिनुहोस्