दाङ। दाङमा चट्याङ पर्दा आज तीनजनाको मृत्यु भएको छ।
दाङ प्रहरीका अनुसार चट्याङले तुलसीपुरमा दुईजना र घोराहीमा एकजनाको मृत्यु भएको हो।
आज दिउँसो १ बजे परेको चट्याङले तुलसीपुर उपमहानगरपालिका–७, नवलपुरकी ७ वर्षीया सृष्टि चौधरी र ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको हो। उनीहरूको उपचारका क्रममा राप्ती लाइफ केयर हस्पिटलमा मृत्यु भएको दाङ प्रहरीको भनाइ छ। श्रृष्टिको घरमा परेका चट्याङले एउटा बंगुर पनि मरेको छ भने घरमा क्षति पनि पुगेको छ।
त्यस्तै दिउँसो साढे १ बजे चट्याङ पर्दा घोराही उपमहानगरपालिका–११, हापुरमा ८ वर्षीय ताराबहादुर देवपुरीको मृत्यु भएको छ। घरको आँगनमा खेलिरहेको बेला चट्याङ परेको थियो। उनलाई उपचारका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।
" /> दाङ। दाङमा चट्याङ पर्दा आज तीनजनाको मृत्यु भएको छ।

">