बंगलादेशका सेना प्रमुखलाई दिइयो सम्मान गारत

काठमाडौं। बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदलाई आज सम्मान गारत प्रदान गरिएको छ।

पाँचदिने औपचारिक भ्रमणमा काठमाडौं आएका अहमदलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको हो।

सेना प्रमुख अहमदले आज टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पणसमेत गरेका थिए। उनी पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर तथा केही पर्यटकीयस्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम छ।

२६ माघमा अहमदले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन्।

त्यस्तै उनले २७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र सोही दिन पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्ने कार्यक्रम छ।

२४ माघमा काठमाडौं आएका सेना प्रमुख अहमद २८ माघमा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्