चितवन निकुञ्जमा मृत भेटियाे पाँच महीनाको पोथी गैँडा
चितवन। चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महीनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ।

निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार नवलपुरको देवचुली नगरपालिका-१७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो।

२४ माघमा भेटिएकाे मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए।

भाले गैँडाको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुन सक्ने उनले बताए।

चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडा योसँगै १५ पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्