बालिका बलात्कारकाे आराेपमा पक्राउ <p>धनगढी। नाबालिकालाई बलात्कार गरेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका&ndash;१ सुखडका हरिप्रसाद डगाैरा पक्राउ परेका छन्।&nbsp;</p> <p>बिरामी रहेकी १४ वर्षीया&nbsp;नाबालिकालाई&nbsp;झारफुक गर्ने बहानामा बलात्कार गरेको भन्दै घोडाघोडी नगरपालिका&ndash;१ हिम्मतपुरका ४५ वर्षीय डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।&nbsp;</p> <p>आँखामा समस्या भएपछि झारफुक गर्न आएकी किशोरीलाई निको पार्नै भन्दै डगौराले घोडाघोडी मन्दिर&nbsp;नजिकैको ताल क्षेत्रमा रहेको जङ्गलमा लगेर बलात्कार गरेको बालिकाको परिवारले आरोप लगाएकाे&nbsp;छ ।</p> <p>घटना २१ माघकाे भए पनि&nbsp;ढिलो उजुरी आएपछि प्रहरीले डगौरालाई आज मात्र&nbsp;पक्राउ गरेको हाे। नाबालिकाको स्वास्थ्य परीक्षणका लागि&nbsp;अस्पताल पठाइएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्