काठमाडौं। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनी प्रहरी चौकीमा गयराति आक्रमण भएको छ। १०-१२ जनाको समूहले प्रहरी चौकीमा आक्रमण गरेको थियो। आक्रमणमा परी एक प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार घाइते भएका छन्।
मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित चौकीमा मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई उपचारार्थ काठमाडौं ल्याइएको छ भने प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। आक्रमणमा संलग्न एक जना पक्राउ परेका छन्। सुनखानीका सोम थिङलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।