काठमाडौं। नेपाली क्रिकेट समर्थकहरूले अमेरिका भन्ने बित्तिकै २०१० मा कीर्तिपुर मैदानमा सम्पन्न त्यही डिभिजन–५ को खेल सम्झन्छन्।
अमेरिकाविरुद्धको त्यही विवादस्पद नतिजाबाट नेपालले डिभिजन चार हुदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाइसकेको छ। पछिल्लो पटक अमेरिकाले नेपाल भ्रमण गरेको त्यही खेल हो। त्यसको एक दशकपछि अमेरिका पुनः नेपाल फर्किएको छ।
२५ माघमा अमेरिकाले नेपालविरुद्ध त्यही कीर्तिपुर क्रिकेट मैदानमा खेल्नेछ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा।
के भएको थियो त एक दशकअघिको उक्त खेलमा?
१४ फागुन २०६६ मा नेपालको तीन स्थानमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ मा समूह चरणका अन्तिम खेल भइरहेका थिए। भक्तपुरस्थित विरेन्द्र सैनिक महाविद्यालयको मैदानमा सिंगापुरले जर्सीलाई ७ विकेटले हराउँदै नेपालसँग अंक बराबरी गरेको थियो।
नेपाल भने त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्ध खेल्दै थियो। सिंगापुरले जर्सीलाई हराएर अंक बराबरी गरेपछि नेपालले डिभिजन–४ मा स्थान बनाउन अमेरिकालाई हराउनु पर्थ्यो कि रनरेट राम्रो बनाउनुपर्ने थियो।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो। ३२ ओभरमा अमेरिका १५०–५ को स्थितीमा थियो। अमेरिकासँग नेपाल पराजित हुन लागेपछि नेपाली दर्शकले मैदानमा ढुंगा बर्षाए। त्यपछि खेल अवरुद्ध बन्यो। जसका कारण अमेरिकाको चार ओभर घटाइयो। अमेरिकाले ४६ ओभरमा १५७ रनको लक्ष्य पायो। जुन ३३.३ ओभरमा पाँच विकेट क्षतिमै पूरा गर्यो।
नेपालले सिंगापुरलाई रनरेटमा पछि पार्यो। पाँच खेलबाट अमेरिका, नेपाल र सिंगापुरको समान आठ अंक थियो। शीर्ष दुई टीम डिभिजन–४ मा उक्लिन्थ्यो। अमेरिका शीर्ष स्थानमा रह्यो, नेपाल दोस्रो तथा सिंगापुर तेस्रो स्थानमा रह्यो। नेपालको रनरेट १.३५१ थियो भने सिंगापुरको १.३४७ थियो। सिंगापुरले आईसीसीसँग अपिल पनि गर्यो। तर, त्यसको सुनुवाइ भएन।
अमेरिकाले नौं खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपालले भने अंक जोड्न सकेको छैन।
उक्त खेलमा ज्ञानेन्द्र मल्लले ५२ रन बनाएका थिए। फाइनलमा भने नेपाल पाँच विकेटले विजयी भयो। नेपाल च्याम्पियन बन्दै डिभिजन–४ मा उक्लियो। फाइनलमा पनि ज्ञानेन्द्रले अविजित २८ रन बनाए।
उनै ज्ञानेन्द्र अहिले नेपाली टोलीका कप्तान बनेका छन्। उनै ज्ञानेन्द्रको कप्तानीमा नेपालले २५ माघमा कीर्तिपुरमै पुनः अमेरिकाविरुद्ध खेल्दैछ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा। लिगमा नेपालको यो दोस्रो खेल हो भने अमेरिकाले दशौं खेल हो।
दश वर्षअघि अमेरिकासँग खेलेका ज्ञानेन्द्र, पारस खड्का र शरद भेषावकर अहिले पनि टोलीमा छन्। अमेरिकाको अहिलेको टीममा भने त्यतिबेलाका कुनै पनि खेलाडी छैनन्।
अमेरिकाले नौं खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपालले भने अंक जोड्न सकेको छैन। पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो। पहिलो खेलमा ५५ रन बनाएका शरद भेषावकर चोटका कारण २५ माघको खेलमा हुनेछैनन्। उनको स्थानमा सुवास खकुरेलले टीममा इन्ट्री मारेका छन्।

ओमानविरुद्ध नेपालका अनुभवी ब्याट्सम्यानहरू पारस, ज्ञानेन्द्र, शरद अग्रपंक्ति आए। जसका कारण मध्य र तल्लोक्रममा कम अनुभवी खेडाली हुँदा ‘फिनिसिङ टच’ दिन सकेनन्। जसका कारण नेपाल पटक–पटक जितनजिक पुगेर पनि पराजित भयो।
कप्तान ज्ञानेन्द्रले भने ब्याटिङ अर्डरमा परिवर्तन नहुने संकेत दिएका छन्। ओमानविरुद्धको खेलपछि ज्ञानेन्द्रले भने, “एक खेल हार्दैमा ब्याटिङ लाइनअप परिवर्तन गर्नुपर्ने कारण म देख्दिँन। पारस र म सेट भयौं भने हामीले यति तलसम्म सोच्नु पर्छ जस्तो मलाई लाग्दैन। त्यसैले सकारात्मक पक्षलाई हेर्नुपर्छ।”
नेपाल जस्तै अमेरिका पनि पहिलो खेलमा ओमानसँग पराजित भएपछि २५ माघको खेल जित्ने लक्ष्यमा छ।
अनुभवी ब्याट्सम्यान शरदको स्थानमा आएका सुवास विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान हुन्। सुवास ११ भित्र परेर ओपनिङमा आए पारस वा ज्ञानेन्द्र मध्ये एक जना मध्यक्रममा आउन पनि सक्छन्। तर, सुवासले आफू जुनसुकै भूमिकाका लागि तयार रहेको बताएका छन्।
“टीम फर्किन पाउँदा उत्साहित छु। मेरो रोल त ओपनिङ हो”, सुवासले भने, “तर, मध्यक्रममा खेल्न पनि तयारी छु। पहिलो खेल हारेका कारण अब जित्नै पर्ने दबाब छ। त्यसकारण टीमलाई जिताउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछु।”
नेपाल जस्तै अमेरिका पनि पहिलो खेलमा ओमानसँग पराजित भएपछि २५ माघको खेल जित्ने लक्ष्यमा छ। २५ माघमा शनिबार परेकाले पहिलो खेलमा भन्दा त्रिवि मैदानमा दर्शकको उपस्थिती बढ्ने पक्का छ। एसोसिएट राष्ट्रमा नेपाली समर्थकको सधैँ प्रशंसा हुने गर्छ।
एसोसिएटमा नेपालबाहेक अन्य देशमा यस्तो उपस्थिती विरलै देखिन्छ। ठूलो दर्शकको उपस्थितीमा खेल्न आफूहरू उत्साहित रहेको अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले बताए।
“ठूलो संख्याको दर्शकमाझ खेल्न हामी उत्साहित छौं। हाम्रो लागि ठूलो चुनौती पनि हो। धेरै खेलाडी पहिलो पटक नेपाल आएका छन्”, कप्तान नेत्राभाल्करले भने, “ओमानविरुद्धको नतिजा राम्रो नआए पनि अर्को खेलमा बलियो पुनरागमन गर्नेछौं।”