ताप्लेजुङ। ताप्लेजुङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा बुहारीको हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्।
३५ वर्षीया शुकमाया लिम्बुको हत्या गरेको आरोपमा आज साँझ उनका जेठाजु ४३ वर्षीय पूर्णकुमार लिम्बू पक्राउ परेका हुन्।
पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खुकुरीले टाउको र घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
पूर्णकुमारलाई प्रकाउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँल जानकारी दिए। रासस