विराटनगर। मोरङ बेलवारी–४ का हिरालाल विश्वकर्माका बुवा सिकिस्त बिरामी भए। ७० वर्ष काटेका बुवाको उपचार गर्न हिरालालसँग पैसा थिएन।
बुवालाई अस्पताल भर्ना गरेका बेला चिनेजानेकै महेन्द्र तामाङ सम्पर्कमा आए। उनले उपाय निकालिदिए– जग्गा धितो राखेर ऋण लिने।
महेन्द्रले हिरालाललाई भने, “धितो राखेर ऋण दिने मान्छे चिनेको छु, कमिसन दिने भए ल्याइदिन्छु।”
त्यसपछि सम्पर्कमा आए ओखलढुंगा स्थायी घर भई सुनसरीको इटहरीमा बस्दै आएका पुशपति राई।
हिरालालले आफैं बस्दै गरेको घर र दुई कठ्ठा १० धुर जग्गा तीन लाख रूपैयाँमा पशुपति राईकी श्रीमती भेषकुमारी राईलाई मालपोत कार्यालय बेलबारीमा रजिष्ट्रेसन पास गरिदिए।
हिरालालले घर जग्गा रजिष्ट्रेसन पास गर्नुअघि तीन लाख रूपैयाँ ऋण लिएको र तीन वर्ष भित्रमा ११ प्रतिशतले ब्याजसहित रकम तिरेपछि घरजग्गा आफूले फिर्ता लिने कागज गरे। यो घटना चार वर्ष अघिको हो।
तीन लाख रूपैयाँको कागज गरेर घर जग्गा पास गरिदिए पनि हिरालालले दुई लाख ७० हजार रूपैयाँ मात्रै पाए। ३० हजार रूपैयाँ उनले कबुल गरेबमोजिम महेन्द्र तामाङ र अब्दुल राईलाई कमिसन बुझाए।
धुरकै डेढ लाख रूपैयाँ बढी पर्ने उक्त जग्गा फिर्ता ल्याउन अहिले १५ लाखको ब्याजसहित बुझाँउछु भन्दा पनि हिराललको परिवारले सकेका छैनन्।
तीन वर्षमा तीन लाख रूपैयाँ ब्याजसहित फिर्ता गर्ने कागज अनुसार हिरालाल पैसा लिएर पशुपति राईकोमा गए। तर, पुशपतिले आज–भोलि भन्दाभन्दै जग्गा फिर्ता गरेनन्।
दुई वर्षपछि प्राइम बैंकको धरानस्थित शाखा कार्यालयले घर जग्गा लिलामी भएको पत्र पठाएपछि हिरालालले बल्ल थाहा पाए– जग्गा त पशुपतिले १५ लाख रूपैयाँमा बैंकमा राखेर नतिरेपछि बैंकले लिलामको सूचना गरेको रहेछ।

हिरालालकी श्रीमती दीलमाया भन्छिन्, “तीन लाखमा भएको सबै घर जग्गा गयो। ठगलाई पुलिसले पनि केही गर्न सकेको छैन।”
बेलबारी–१ की तुलासाकुमारी सुनुवारलाई भने छोरा अष्ट्रेलिया पठाउन पैसा चाहिएको थियो। साथमा नगद थिएन। नेपाली सेनामा कार्यरत श्रीमान जीतबहादुरको आम्दानीले किस्ता तिर्न नपुग्ने भन्दै जनता बैंकले ऋण दिन मानेको थिएन।
त्यसपछि तुलसा छिमेकी खगेन्द्र गौतमकोमा पुगिन्। खगेन्द्रले ‘कमिसन दिने भए जग्गा धितोमा राखेर ऋण दिने मान्छे खोजिदिन्छु’ भने।
तुलसाले ‘हुन्छ’ भनिन्।
जग्गा धितो राखेर छोरो अष्ट्रेलिया पठाँउदा दंग परेकी तुलसा सुनुवार अहिले भने तनाबमा छिन्। उनको जग्गा अहिले काठमाडौंमा रहेको प्रोग्रेसिभ फाइनान्समा २५ लाख रूपैयाँमा घिमिरेले दृष्टीबन्धक राखेका छन्।
त्यसपछि खगेन्द्रले खोजेका झापा दमकका गंगा लावती, उर्लाबारी मोरङका कमल थापा, बेलबारीकै लक्ष्मी पराजुलीको समूहसँग मिलेर ७४ सालको वैशाखमा दुई कठ्ठा ५ धुर जग्गा प्रल्हाद घिमिरेलाई रजिष्ट्रेसन पास गरिदिइन्।
जग्गा पास गर्नुअघि लेखनदास राखेर १७ लाख रूपैयाँको १६ प्रतिशत ब्याज र एक वर्षको भाकासहितको कागज गरेपनि उनले १४ लाख ७५ हजार रूपैयाँ मात्रै पाइन्। अरु पैसा ऋण मिलाई दिनेले कमिसन लिए।
जग्गा धितो राखेर छोरो अष्ट्रेलिया पठाँउदा दंग परेकी तुलसा सुनुवार अहिले भने तनाबमा छिन्। उनको जग्गा अहिले काठमाडौंमा रहेको प्रोग्रेसिभ फाइनान्समा २५ लाख रूपैयाँमा घिमिरेले दृष्टीबन्धक राखेका छन्। १९ मंसीर २०७५ मा फाइनान्समा राखेको जग्गा ब्याज सहित २५ लाख रूपैयाँ तिरेर फिर्ता ल्याउँछु भन्दा पनि उनले सकेकी छैनन्।
उनी समस्या लिएर स्थानीय तह, प्रहरी र राजनीतिक दलको कार्यालय धाउन थालेकै एक वर्ष भन्दा बढी भयो। ७० लाख रूपैयाँ बढीको जग्गा फिर्ता लिन उनको दुई लाख त खर्चै भएको छ।
जग्गा धितो राख्न सहयोग गरी कमिसन खानेहरू गाँउमै छन्। ऋण दिने घिमिरेसँग पनि सम्पर्क हुन्छ। तर, उनको जग्गा फिर्ता हुने छाँटकाँट छैन।
प्रहरी र स्थानीय तहलाई टाउको दुखाई
जग्गा धितोको नाममा रजिष्ट्रेसन पास गरेर ठगी गर्ने गिरोहका कारण सयौं सर्वसाधारण समस्यामा परे पनि कारबाही गर्न नसकिएको बेलबारी नगरपालिकाले जनाएको छ।
नगरपालिकाको न्यायिक समितिमा अहिले ४०० भन्दा बढी सर्वसाधारण यसरी ठगिएको गुनासोसहित पुगेका छन्। न्यायिक समितिको अधिकार क्षेत्र नभएपनि १० बन्दा बढी मुद्दाको पक्ष र विपक्षलाई बोलाएर छलफल चलाइएको छ।
कानूनी आधार नहुँदा पीडितलाई न्याय दिन नसकिएको बेलाबरी नगरपालिक–१ का वडा अध्यक्ष चक्रबहादुर खुलालले बताए।
“धितो पास हो, ऋण तिरेपछि जग्गा फिर्ता हुन्छ भनेर सर्वसाधारणले थोरै पैसामा रजिष्ट्रेसन पास गरे तर, गिरोहले त्यही जग्गा बैंकमा राखेर डुबाएकाले धेरै समस्या भएको छ”, खुलालले भने।

बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बेलाबारीमा धितो पासका नाममा सर्वसाधारणको उठिवास भएको बताइन्। उनले एउटै व्यक्तिले ५० जनाको जग्गा धितो पासका नाममा रजिष्ट्रेसन पास गरेको र पछि फिर्ता नगरेको पाइएको बताइन्।
उनले भनिन्, “हामीले कानूनी रूपमा केही गर्न सक्दैनौं। व्यवहारिक रूपमा मिलाउन खोज्दा सकिएको छैन।” उनले प्रहरीको असहयोगले ठगलाई कारवाही गर्न नसकिएको बताइन्।
इलाका प्रहरी कर्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले आफूहरूलाई लेनदेनको मुद्दा हेर्ने अधिकार नभएको बताए। उनी प्रमाण पुगेका केही घटनामा ठगीको मुद्दा चलाए पनि प्रहरीले थप केही गर्न नसक्ने बताउँछन्।
" /> विराटनगर। मोरङ बेलवारी–४ का हिरालाल विश्वकर्माका बुवा सिकिस्त बिरामी भए। ७० वर्ष काटेका बुवाको उपचार गर्न हिरालालसँग पैसा थिएन।

">