लाटाेकाेसेराे संरक्षणका लागि उत्सव <p>स्याङ्जा। लाटोकोसेरोको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले आजदेखि स्याङजाको बिरुवा गाउँपालिका&ndash;३ र पुतलीबजार नगरपालिका&ndash;२ को सिमाना राङभाङ-भैँसेगौडामा &lsquo;नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६&rsquo; शुरू भएको छ।</p> <p>राङभाङ युवा क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथीहरू संस्थाद्वारा आयोजित उत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरे। प्रकृति र संस्कृतिमा नेपाल सम्पन्न भएकाले पर्यावरणीय संरक्षणमा योगदान गर्दै आएका लाटोकोसेरोलगायतको संरक्षण गर्नु सबैको दायित्व भएको उनले बताए।&nbsp;</p> <p>उत्सवका अवसरमा लाटोकोसेरासम्बन्धी सङ्ग्रहालय प्रदर्शनी, स्थानीय झोरा नृत्य, लाटोकोसेरो संरक्षणसम्बन्धी नाँच, विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिताका उत्कृष्ट रचना प्रदर्शनी गरिएको छ।</p> <p>लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र, तथा फोटोको प्रदर्शनी, लाटोकोसेरोको रोबोट एवं नमूना प्रदर्शनीका आकर्षण बनेका छन्। उत्सव भाेलिसम्म चल्नेछ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्