काठमाडौं। यूट्युबरहरूले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन्।
यूट्युब सञ्चालनमा अत्यधिक कमजोरी भएको स्वीकार गर्दै उनीहरू पत्रकार आचारसंहिता पालना गर्न प्रतिबद्ध भएका हुन्।
उनीहरूले अहिलेको आचारसंहितामा केही थपघट गरेर आफ्नोतर्फबाट अर्को आचारसंहिता बनाउने निर्णय पनि गरेका छन्।
यूट्युबर सञ्चालकको आज बसेको पहिलो भेला तथा तथा विज्ञसँगको अन्तरक्रिया कार्यक्रममार्फत् आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउँदै तदर्थ समिति बनाएका छन्।
भेलाले स्वनियमन समिति, सदस्यता समिति र विधान मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ।
पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले राज्यको नियन्त्रणभन्दा पनि स्वनियमनको पक्षमा उभिन यूट्युबरहरूलाई सुझाए।
महासंघका अर्का पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले आफूले प्रस्तुत गरेका सामग्रीप्रति आफ्नो जिम्मेवारीबोध गर्दै अघि बढ्न सुझाए।
जिम्मेवार पत्रकारिताका मर्मलाई ख्याल गरेमा भविष्य उज्जवल गाउँलेले बताए।
प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले अन्य मिडिया सरह काम गर्ने प्रतिबद्धता गरेमा यूट्युबहरूलाई पनि त्यही अनुसारको मान्यता दिनुपर्नेमा जोड दिए।
" /> काठमाडौं। यूट्युबरहरूले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन्।यूट्युब सञ्चालनमा अत्यधिक कमजोरी भएको स्वीकार गर्दै उनीहरू पत्रकार आचारसंहिता पालना गर्न प्रतिबद्ध भएका हुन्।

">