‘दरबार’ घाटामा जाँदा रजनीकान्त विवादमा
काठमाडाैं। बलिउड स्टार रजनीकान्त यतिबेला विवादमा मुछिएका छन्। हालै रिलिज भएको चलचित्र ‘दरबार’ धेरै घाटामा गएपछि रजनीकान्त विवादमा तानिएका हुन्।

उक्त चलचित्रले लगानी नठाउन नसकेपछि विवादमा परेको हाे। यो चलचित्रका वितरकहरूले निर्माता ए आर मुरुगादाससँग रिफन्डको माग गरेका छन्।

रजनीकान्तको यो चलचित्रबाट धेरै घाटा भएकाे वितरकहरूको भनाइ छ। वितरकहरूले सुपरस्टार रजनीकान्त, लायका प्रोडक्सन र ए आर मुरुगादासविरुद्ध उजुरी हालेर मुआब्जा दाबी गरेका हुन्।

केही दिन पहिले केही वितरकहरू रजनीकान्तको घरमा पुगेका थिए। तर, त्यहाँ सेक्युरिटीले फिर्ता पठाइदिए। एक वितरकले आफूहरू भोक हडतालमा जाने बताएका थिए।

फिल्ममेकर मुरुगादासलाई धम्की पनि आउन थालेको छ। उनले धम्की आएको भन्दै प्रहरीसँग सुरक्षा माग गरेका छन्। उनले आफ्नो घरबाहिर प्रहरी राख्न समेत अनुरोध गरेका छन्।

रजनीकान्तको ‘दरबार’ १३० करोड भारुमा बनेको थियो। यसमध्ये आधा बजेट रजनीकान्तको पारिश्रमिक थियो। तर, चलचित्रले सोचेजस्तो कमाइ गर्न नसकेपछि विवादमा परेको हो।

रजनीकान्त यो चलचित्रमा प्रहरीको भूमिकामा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्