बंगलादेशका सेना प्रमुख नेपालमा, यस्तो छ भ्रमण तालिका
काठमाडौं। बंगलादेशका सेना प्रमुख अजिज अहमद आज काठमाडौं आइपुगेका छन्।

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा अहमद काठमाडौं आएका हुन्।

पाँचदिने भ्रमणमा आएका बंगलादेशका सेना प्रमुख अहमदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका उपरथी निर्मलकुमार थापाले स्वागत गरेका थिए।

यस्तो छ भ्रमण तालिका

बंगलादेशका सेना प्रमुख अहमदले २५ माघमा टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नेछन्। त्यस्तै जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम छ।

साथै अहमदले पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर तथा केही पर्यटकीयस्थलहरूको समेत भ्रमण गर्नेछन्।

२६ माघमा अहमदले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यस्तै उनले २७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र सोही दिन पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नेछन्।

सेना प्रमुख अहमद २८ माघमा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्