अमेरिकाद्वारा अल कायदा नेता कसिम अल-रिमीको मृत्यु भएको घोषणा

अमेरिका। अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ।

ह्वाइट हाउसले आज उक्त जानकारी गराएको हो।

कासिम अल–रिमी अरबी प्रायद्वीपमा आतंकवादी संगठनका नेता हुन्। 'राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विरोधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अल कायदाका नेता कासिम अल–रिमीलाई सफलतापूर्वक पराजित गरेको छ', विज्ञप्तिमा भनिएको छ। उनी अल–कायदाको अन्तर्राष्ट्रिय संगठनका सहायक नेता थिए।

अमेरिकी अधिकारीको दाबीअनुसार रिमीले यमनमा आम नागरिकहरूविरुद्ध अपराध गरेका थिए र संयुक्त राज्य अमेरिकाका सेनाहरूमाथि कैयौँ आक्रमण गरेका थिए।

'रिमीको नेतृत्वमा अल कायदाको अरबी समूहले यमनमा नागरिकहरूमाथि जघन्य हिंसाका थुप्रै घटनाहरू भएका छन्। उसले संयुक्त राज्य अमेरिका र अमेरिकी सेनाविरूद्ध धेरै आक्रमणका लागि विभिन्न समूहलाई प्रयोग गरेको थियो', विज्ञप्तिमा भनिएको छ।

ह्वाइट हाउसले भनेको छ, 'वाशिङ्टन, अमेरिकी नागरिक र यसका सहयोगीहरूको हितको रक्षा गरिरहनेछ। अल–रिमीको मृत्युको परिणामस्वरूप अमेरिका, हाम्रो हित, र हाम्रा सहयोगीहरू सुरक्षित बनेका छन्। हामी अमेरिकी जनतालाई बचाउने अभियान जारी राख्नेछौं।'

प्रतिक्रिया दिनुहोस्