काठमाडौं। भरत शाहले पहिलो हाफमा गरेको गोलमा नेपाल पुलिस क्लबले आज ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ। जितसँगै पुलिस क्लब पाँचौं स्थानमा उक्लिएको छ।
भरतले २९औं मिनेटमा गरेको गोलमा पुलिस क्लबले अग्रता लिएको थियो। उनले निरकुमार राईको कर्नरमा हेडमार्फत गोल गरेका थिए। शुरूमा जितका लागि संघर्ष गरेको नेपाल पुलिस क्लबको यो पाँचौं जित हो।
पुलिस क्लबले दुई खेल बराबरी खेलेको छ भने चार खेलमा पराजित भएको छ। पुलिस क्लबको १७ अंक छ। जुन शीर्ष स्थानको त्रिभुवन आर्मीको भन्दा ९ अंकले कम हो।
ब्रिगेड ब्वाइजको भने आठ अंक छ। जुन पुछारको टीम सरस्वती युथ क्लबको भन्दा चार अंकले मात्र बढी हो।
पुलिस क्लबले अब मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्बलसँग खेल्न बाँकी छ। बिग्रेड ब्वाइजले अब त्रिभुवन आर्मी र एपीएफसँग खेल्न बाँकी छ।
" /> काठमाडौं। भरत शाहले पहिलो हाफमा गरेको गोलमा नेपाल पुलिस क्लबले आज ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ। जितसँगै पुलिस क्लब पाँचौं स्थानमा उक्लिएको छ।भरतले २९औं मिनेटमा गरेको गोलमा पुलिस क्लबले अग्रता लिएको थियो। उनले निरकुमार राईको कर्नरमा हेडमार्फत गोल गरेका थिए। शुरूमा जितका लागि संघर्ष गरेको नेपाल पुलिस क्लबको यो पाँचौं जित हो।

">