काठमाडाैं। सर्वोच्च अदालतले प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा आफ्नो दाबी गर्दै दायर गरेको रिट खारेज गरेको छ।
आज बसेको संवैधानिक इजलासले शाहको रिट खारेज हुने फैसला गरेको हो। पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले छाउनीस्थित १५ रोपनी १ आना जग्गा आफूले दाइजो पाएको दाबी गर्दै आएकी थिइन्।
१ पुस २०६४ मा पूर्वराजपरिवारको नाममा रहेको जग्गा नेपाल ट्रस्टको नाममा सार्ने सरकारले निर्णय गरेको थियो। त्यही निर्णयपछि छाउनीस्थित प्रेरणा बस्दै आएको घर र जग्गा ट्रस्टको नाममा गएको थियो।
आफ्नो दाइजो दाबी गर्दै प्रेरणा २५ माघ २०७१ मा सर्वोच्च अदालत गएकी थिइन्। तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र हालका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले २०७२ को असोजमा फैसला गर्दै उक्त जग्गा प्रेरणाकै हुने निर्णय सुनाएका थिए।
सर्वोच्च अदालतको निर्णयमा चित्त नबुझाएर नेपाल ट्रस्टले पुनरावेदन गरेकोमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरू दीपक कार्की र सपना प्रधान मल्लको इजलासले २०७३ पुसमा सर्वोच्चको फैसला उल्ट्याउँदै उक्त जग्गा नेपाल ट्रष्टको हुने फैसला गरेको थियो।
यसरी उक्त जग्गामा आफ्नो दाबी गर्ने कानूनी बाटो सकिएपछि २०७५ पुसमा प्रेरणाले पूर्वराजपरिवारको नाममा रहेको सम्पत्ति नेपाल ट्रष्ट मातहत ल्याउने ‘नेपाल ट्रस्ट ऐन’कै दफा बदर माग गर्दै नयाँ रिट लिएर सर्वोच्च अदालत गएकी थिइन्। आफ्नो सम्पत्तिमाथिको अधिकार लगायतका मौलिक हकमाथि आघात पुर्याएको र संविधानसँग बाझिएको दाबी गर्दै उनले ऐनको दफा खारेज गर्न माग गरेकी थिइन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह सम्मिलित संवैधानिक इजलासले आज उक्त रिट खारेज हुने फैसला गरेको हो।
" /> काठमाडाैं। सर्वोच्च अदालतले प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा आफ्नो दाबी गर्दै दायर गरेको रिट खारेज गरेको छ।आज बसेको संवैधानिक इजलासले शाहको रिट खारेज हुने फैसला गरेको हो। पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले छाउनीस्थित १५ रोपनी १ आना जग्गा आफूले दाइजो पाएको दाबी गर्दै आएकी थिइन्।

">