सर्लाही। कृषि उत्पादन बढाउनका लागि नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेको खेतमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ पुर्याइएको छ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका अनुसार रौतहट र सर्लाही जिल्लामा डिप ट्यबुवेल र स्यालो ट्युबवेलको निर्माण एवं जडानपश्चात् सिँचाइ सुविधा पुर्याइएको हो।
उक्त प्रक्रियाबाट कृषि बालीमा सिँचाइ सुविधा पुगेको र उत्पादन बढेको किसानको भनाइ छ। सर्लाही जिल्लामा २०७५/०७६ मा डिप ट्युबवेल ४६ वटा तथा स्यालो ट्यबुवेल आठ हजार ८० वटा जडान गरी २३ हजार ८५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइएको प्रमुख कामेश्वर यादवको भनाइ छ।
त्यस्तै रौतहट जिल्लामा डिप ट्युबवेल ३४ तथा स्यालो ट्युबवेल सात हजार ९०५ वटा निर्माण गरी २३ हजार ४३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइएको छ। हालै रौतहटको फतुवा, विजयपुर र सर्लाहीको हरिवन नगरपालिकाका सखुवानीटोल, ढुङ्ग्रे, वसन्तपुर र हरिपुरवा नगरपालिका र सङ्ग्रामपुरमा पुरानो योजनाअन्तर्गत पम्पको निर्माण, विद्युतीकरण र वितरण प्रणालीको काम शुरू भएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख यादवले भूमिगत सिँचाइ योजनाको सर्लाही र रौतहटमा माग अत्यधिक छ तर बजेट भने न्यून भएकाे बताए। सर्लाही र रौतहटमा नहर र नदी रहे पनि किसानको खेतसम्म पानी पुग्ने अवस्था नरहेको हुँदा १२ महीना भूमिगत सिँचाइबाट सिञ्चित गरिने हुँदा यसको माग बढेको हो।
सर्लाही सङ्ग्रामपुरका रामदेव ठाकुरले यस प्रणालीबाट किसानलाई धेरै राहत पुगेको विश्वास व्यक्त गरे। रासस
" /> सर्लाही। कृषि उत्पादन बढाउनका लागि नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेको खेतमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ पुर्याइएको छ।भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका अनुसार रौतहट र सर्लाही जिल्लामा डिप ट्यबुवेल र स्यालो ट्युबवेलको निर्माण एवं जडानपश्चात् सिँचाइ सुविधा पुर्याइएको हो।

">