विद्यालयलाई डेस्कबेञ्च सहयोग
सिरहा। सिरहाको दक्षिण सिमावर्ती एक विद्यालयलाई डेक्सबेञ्च सहयोग प्राप्त भएको छ।

डेक्सबेञ्च अभावमा बालबालिकाहरू भूँईमै बसेर पढ्न बाध्य हुँदै आएकोमा अयोधी मेमोरियल ट्रष्टले सहयोग गरेको हो।

सिरहा नगरपालिका-१७ मा रहेको आधारभूत विद्यालय पर्टेवा (निम्न माध्यमिक)लाई २४ थान डेस्कबेञ्च सहयोग गरेको छ।

कक्षा आठसम्म पठनपाठन हुने विद्यालयका बालबालिका डेक्सबेञ्च अभावमा भूँईमै बसेर पढ्दै आएका थिए।

बालबालिकालाई पठनपाठनमा सजिलो हुने अपेक्षा गर्दै डेक्सबेञ्च सहयोग गरिएको ट्रष्टले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्